ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानले हान्यो इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल


abc news
२ असार २०८२, सोमबार   ५ : १२   बजे

काठमाडौ २ असार । इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ।

गएराति इरानले उत्तरी इसराइलको हाइफा बे मा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको हो।

इरानको हमलापछि तेल प्रशोधन केन्द्र रहेको उक्त क्षेत्रमा आगो लागेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।

इरानी हमलाबाट त्यस क्षेत्र आगोको लप्काले ढाकिएका भिडियो र फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। न्युयोर्क टाइम्सले तस्बिर र फोटो भेरिफाइ गरिएको बताएको छ।

आगलागी भएपछि मानिसहरू त्यहाँ अड्किएका थिए। बिहान ढिलासम्म पनि उनीहरूको उद्धार र आगो नियन्त्रणमा इसराइली अधिकारीहरू खटिएका थिए।

इरान र इसराइलले चार दिनदेखि एक(अर्कामाथि आक्रमण गरिरहेका छन्।

गएराति इसराइलले इरानका ८० ठाउँमा लक्ष्य गरेर आक्रमण गरेको न्युयोर्क टाइम्सले जनाएको छ। आक्रमणमा परी २० जना उच्च सैन्य अधिकारी, आणविक वैज्ञानिक र नागरिक गरी २२० जनाभन्दा बढीको मृत्यु भएको र १ हजार २०० जनाभन्दा बढी घाइते भएका छन्।

इसराइलको आपतकाली सेवा मगेन डेविड एडम ९एमडिए० आपतकालीन सेवाले गएराति इरानले इसराइलका चार स्थानमा लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ।

ल्अज
िल्अभिि
तेल अभिभलगायतका क्षेत्रमा धेरै भवनहरुमा क्षति पुगेको र अहिलेसम्म कम्तिमा १४ जना मारिएको बताइएको छ।

तेल अभिभबाट दक्षिणमा रहेको तटीय सहर बातयाममा शनिबार राति ठूला(ठूला भवनहरु ध्वस्त भएका छन्। त्यहाँ रहेका ६० भन्दा बढी भवनहरू कुनै न कुनै रूपमा क्षतिग्रस्त भएको बताइएको छ।

जबाफमा इसराइलले इस्लामिक रिभोलुसनरी गार्ड कोरको सैन्य संरचना कुर्द्स फोर्सको कमान्ड सेन्टरमै लक्ष्य गरेर हमला गरेको जनाएको छ। तेहरानमा रहेको कमान्ड सेन्टरमा केही क्षति भएको बताइएको छ।

युरोपेली र मध्यपूर्वका देशहरूले दुवैलाई आक्रमण रोक्न आग्रह गरेका छन्। आक्रमण जारी रहे यसले क्षेत्रीय तनाव फैलाउने र अन्य देशहरू पनि संलग्न हुनसक्ने खतरा निम्त्याउने विश्लेषण गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार सम्बन्धी वार्तामा आउन अनुरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group