ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कीर्तिमानी खेलको तेस्रो सुपर ओभरमा नेपाल पराजित


abc news
३ असार २०८२, मंगलबार   ६ : २५   बजे

काठमाडौं, ३ असार। स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा कीर्तिमानी बनेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा तीनपटकसम्म सुपर ओभर पुगेको यो पहिलो खेल हो । यसअघि भारतको घरेलु क्रिकेटअन्तर्गत महाराजा टी–२० क्रिकेटमा हबिल टाइगर्स र बेंगलुरु ब्लास्टर्सबीचको खेल तीनपटकसम्म सुपर ओभरमा पुगेको थियो ।
तेस्रो सुपर ओभरमा डच टोलीले एक रनको लक्ष्य पाएको थियो । जसलाई पहिलो बलमै छक्कासहित नेदरल्यान्ड्सले जित पक्का गर्‍यो । तेस्रो सुपर ओभरमा पहिले ब्याटिङमा आएको नेपालले रन नबनाई दुई विकेट गुमाएपछि डच टोलीले एक रनको लक्ष्य पाएको हो ।
यसअघि भएको पहिलो सुपर ओभर पनि टाइ भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको हो । दोस्रो सुपर ओभरमा स्कटल्यान्डले १७ रन बनाउँदै नेपाललाई १८ रनको लक्ष्य दिएको थियो । तर, नेपालले पनि १७ रन नै बनाएपछि खेल तेस्रोपटक सुपर ओभरमा धकेलिएको थियो ।
यस्तै, पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएको थियो । २० रनको लक्ष्यसहित मैदान उत्रिएको डच टोलीले पनि १९ रन नै बनाएपछि खेल दोस्रोपटक सुपर ओभरमा पुगेको थियो ।
त्यसअघि स्कटल्यान्डको डुन्डीमा जारी खेलमा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएपछि खेल टाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group