ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धार्मिक पर्यटक वृद्धि गर्न पशुपतिमा संकीर्तन हुने


admin
१६ चैत्र २०७४, शुक्रबार   १० : १७   बजे

काठमाडौँ, १६ चैत । मुलुकमा धार्मिक पर्यटक वृद्धि गर्ने उद्देश्यले पाशुपत क्षेत्रको हंशमण्डपमा शनिबार हरिनाम संकीर्तन गर्न लागिएको छ । 


नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ ९इस्कोन० ले आयोजना गर्ने उक्त कार्यक्रममा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म भजनकीर्तन गरिनेछ । भगवान् कृष्णका अनुयायी जम्मा भई कार्यक्रममा विभिन्न १६ समूहमा बाँडिएर धर्मावलम्बीले हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे भन्ने मन्त्र ९श्लोक० लाई पटकपटक कार्यक्रमको अवधिभर वाचन गरिनेछ ।

उक्त महामन्त्र सबै मन्त्रमध्ये उत्तम रहेको अनुयायीको विश्वास छ । काम, क्रोध, लोभ, मोह अहंकारजस्ता दुर्गुणलाई न्यूनीकरण गरेर मात्र मुलुकमा शान्ति र सामाजिक न्याय प्राप्त गर्न सकिने विश्वास रहेको गुरु लोचनदास अधिकारीले बताउनुभयो । सो कीर्तनले विश्व ब्रम्हाण्डमा एक प्रकारको कम्पन उत्पन्न गराउने र त्यसले सहभागीलाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास छ ।

करिब एक हजार सहभागी रहने उक्त कार्यक्रम सफल बनाउनका लागि समाजसेवी प्रदीपविक्रम राणाले करिब आठ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराउनुभएको संस्थाले जनाएको छ । हिन्दू जागरण अभियानमा सक्रिय राणाले वैदिक धर्मका आधारमा विकास भएका परम्परागत मूल्य मान्यतासँग जोडिएका मानव सभ्यता, सम्बन्धलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसारिक बन्धनबाट मुक्ति पाउनका लागि भगवान् कृष्णले सर्वसाधारणले मनमाथि नियन्त्रण गर्नुपर्ने शिक्षा दिएको अनुयायी बताउँछन् । महाभारतकालीन समयका सशक्त पात्रका रुपमा पनि कृष्णलाई लिइन्छ । उनले महाभारतको युद्धमा समाजमा न्याय र सत्य स्थापना गर्न अर्जुनलाई धार्मिक युद्ध गर्न दिएको उपदेशको सारसंक्षेपलाई गीता भनिएको छ । गीता वैदिक ज्ञान, साहित्यको सार हो र यसलाई नैतिक शिक्षाका लागि पवित्र ग्रन्थका रुपमा हिन्दू धर्मावलम्बीले लिएका छन् ।

गुरु चिन्तामणि योगीले भगवान् कृष्णको बाल्यकाल, युवावस्था र वृद्धावस्था सबै पक्षको सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । सन् १८९६ मा भारतको कलकत्तामा जन्मनुभएका स्वामी प्रभुपादले विभिन्न गुरुसँग दीक्षा लिएर सन् १९६६ मा स्थापना गरेको इस्कोनले अहिलेसम्म विश्वका २०५ मुलुकमा सञ्जाल विस्तार गरेको छ । गुरुले सन् १९७७ मा शरीर त्याग गर्नुभएको थियो ।

उक्त संकीर्तन विधि यस कलियुगको लागि युगधर्म मानिएको छ । कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकबाट पर्यटकको आउने क्रम जारी छ । कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group