ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित


admin
१६ चैत्र २०७४, शुक्रबार   ६ : ५१   बजे

भक्तपुर, १६ चैत । शिक्षक सेवा आयोगले यही चैत २३ गते तोकेको अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै पाँचौ पटक परीक्षा स्थगित गरेको जनाएको छ ।

परीक्षाको अन्तिम तयारी पुरा गरिसकेको अवस्थामा परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको पत्र प्राप्त भएकाले बाध्य भएर परीक्षा स्थगित गर्नुपरेको आयोगका अध्यक्ष ताना गौतमले बताउनुभयो ।

आयोगले अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तह)को परीक्षा चैत २३ गतेका लागि तोके पनि विभिन्न विद्यार्थी संगठनहरू र शिक्षक संगठनहरूले विरोध गर्दै आएका थिए । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकको एक समूह र विद्यार्थी संगठनहरूको समर्थनमा एक समूह अनसनमा थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र अर्थ मन्त्री युवराज खतिवडासहित आयोगका पदाधिकारीलाई बोलाएर यसबारे छलफल गर्नुभएको आयोगले जानकारी दिएको छ ।

शिक्षा ऐनको आठौँ संशोधनका आधारमा पुरै खुल्ला विज्ञापन गर्ने कि नवौं संशोधनअनुसार विज्ञापन गर्ने भन्नेबारेमा छलफल भएको र अब आन्तरिक एवं खुल्ला विज्ञापनसँगसँगै गर्ने योजना भएकाले अहिलेको परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी पाएको आयोगको भनाइ छ ।

आयोगले परीक्षामा शिक्षा ऐनको आठौँ संशोधनले गरेको व्यवस्थाअनुसार १५ हजार ६८९ शिक्षक र नवौं संशोधनले सात हजार ५९७ थप कोटा गरी २२ हजार ७६ पदका लागि परीक्षा हुने र परीक्षामा कूल २३ हजार २८६ अस्थायी शिक्षक सहभागी हुने जानकारी गराएको थियो ।

परीक्षा स्थगित भएसँगै अब परीक्षा कहिले हुन्छ भन्ने अनिश्चित भएको अध्यक्ष गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

मधेसमा जापानीज इन्सेफ्लाइटिस बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

कृषि कर्जाको पहुँच विस्तार गर्नुपर्छ : मन्त्री चौधरी

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu