ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर


abc news
१३ असार २०८२, शुक्रबार   ५ : २१   बजे

काठमाडौ १३ असार । अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौता हस्ताक्षर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापार सम्झौतामा हस्ताक्षर गरेको बताउनुभएको समाचार संस्था एपीले जनाएको छ ।

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले ब्लूमबर्ग टिभीलाई बताएअनुसार यस हप्ताको शुरूमा हस्ताक्षर भएको थियो । लुटनिक र ट्रम्प दुवैले सम्झौताको बारेमा कुनै विवरण दिनुभएको छैन ।

लुटनिकले यो सम्झौतामा दुई दिनअघि ‘हस्ताक्षर र छाप लगाइएको’ बताउनुभएको छ । अमेरिकाले यो सम्झौताले चीनबाट दुर्लभ पृथ्वीको निर्यातलाई तीव्र बनाउने उल्लेख गरेको छ ।

चीनले पनि अमेरिकासँग भएको व्यापार सम्झौताको पुष्टि गरेको छ । चीनले अमेरिकाले प्रतिबन्धात्मक उपायहरू हटाउने र आफूले निर्यात नियन्त्रणअन्तर्गतका वस्तुहरूको समीक्षा र अनुमोदन गर्ने बताएको छ ।

गएको मे महिनाको शुरूमा स्विट्जरल्यान्डको जेनेभामा भएको प्रारम्भिक वार्ताको परिणाम स्वरूप यो सम्झौता भएको खबरमा उल्लेख छ । वार्ताले दुवै पक्षलाई ठूला भन्सार शुल्क वृद्धि स्थगित गर्न प्रेरित गरेको थियो ।

भन्सार शुल्क वृद्धिले दुई देशबीचको धेरैजसो व्यापार स्थगित हुने खतरा थियो । पछि बेलायतमा भएको वार्ताले सम्झौताका लागि रूपरेखा तय गरेको र सम्झौतालाई औपचारिक रूप दिएको देखिन्छ ।

चीनले अप्रिलमा सात दुर्लभ खनिज तत्त्वमा अनुमति आवश्यकताहरू लगाएपछि दुई देशबीचको व्यापार युद्ध झनै चर्किएको थियो । खनिजको निर्यात नियन्त्रणले अमेरिका र विश्वभरका कार, रोबोटलगायतका अन्य उच्च प्रविधिका उत्पादनहरूको उत्पादनमा बाधा पुग्ने खतरा बढेको थियो ।

ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले भारतलगायत अन्य धेरै देशसँग व्यापारिक सम्झौतामा पुग्ने अपेक्षा गरेको सङ्केत पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group