ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इँटाभट्टामा काम गर्दै पढेकी भक्तपुरकी गोमाले ल्याइन् एसईईमा ४ जीपीए


abc news
१६ असार २०८२, सोमबार   १ : ०९   बजे

काठमाडौ १६असार । गएको शुक्रबार माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ को नतिजा सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन्।

चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुकता जाग्नु स्वाभाविकै थियो।

मेलाबाट साँझ घर फर्किएकी उनले हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थालिन्। नतिजा थाहा आउँदा खुसीको सीमा रहेन। उनी सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित एसईई उत्तीर्ण भएकी थिइन्।

स्थानीय एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी उनले सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि एसईई ४ जीपीए ल्याएकी हुन्।

भक्तपुरबाट यस वर्षको एसईईमा ३० जना विद्यार्थीले सर्वोत्कृष्ट चार जीपीए ल्याएका छन्। गोमा चार जीपीए ल्याउने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट विद्यार्थी हुन्।

गोमाको थातथलो रामेछापको खनियाँपानी हो। उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियापानीबाट भक्तपुर आएकी थिइन्। परिवारको आर्थिक कमजोर अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताए।

‘एकातर्फ कमजोर आर्थिक अवस्था, अर्कोतर्फ छोरीको सानैदेखि पढाइप्रतिको रुचीले आफ्नो थातथलो छोडेर भक्तपुर आएँ, कामको खोजी गर्दै। त्यो बेला गोमा चार वर्षकी थिइ,’ मीनबहादुरले भने, ‘रामेछापको खनियाँपानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइ नै हो।’

भक्तपुर आएर इँटाभट्टामा काम सुरु गरेका मीनबहादुरले गोमालाई नजिकैको महेन्द्रग्राम माध्यामिक विद्यालयमा भर्ना गरिदिए।

‘खनियाँपानीको लेकबाट बेँसीसम्मको विद्यालय पुग्न एक घन्टा ओरालो लाग्नुपथ्र्यो। यसैले ज्याला मजदुरी गरेर, इँटा पारेर, भारी बोकेर भए पनि छोरी पढाउँला भनी भक्तपुर सरेका हौँ। भक्तपुरमा कामको सिलसिलामा इँटाभट्टामा काम गरेँ, इँटा पारे, छोरीलाई इँटा भट्टासँगैको विद्यालयमा भर्ना गरिदिएँ,’ उनले भने।

दिउँसो विद्यालय जाने गोमा साँझ बिहान भने इँटाभट्टको खलामा खेल्दै हुर्कन थालिन्। उमेरसँगै गोमाले बुबाआमाको काममा सघाउन थालिन्। दिउँसो विद्यालय जाने, साँझ बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उनको दैनिकी बन्दै गयो। त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग यही दैनिकीमा बिताइन्।

कक्षा १० मा पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गरिन्। ‘बुबाआमाले पनि अबको एकवर्ष पढाइमा मात्रै ध्यान दिन भन्नुभयो। एसइई दिनुपर्ने भएकाले शिक्षकहरूले पनि पढाईमा जोड दिन सुझाव दिनुभयो। त्यसैले मैले आफ्नो दैनिकीलाई केही परिमार्जन गरेर पढाइमा ध्यान दिन थालेंँ। यसैको परिणाम आज मैले एसइईमा राम्रो नतिजा पाएँ,’ खुसी हुँदै उनले भनिन्।

गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको सुनाइन्। तर त्यसको लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प छैन।

‘विज्ञान सङ्कायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एमबीबीएस पढ्ने लक्ष्य छ,’ उनले भनिन्, ‘एक असल डाक्टर बनेर मेरो जन्मदाता, देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै मेरो मुख्य लक्ष्य हो। यसका लागि कडा मेहनत चाहिन्छ भन्ने ज्ञान छ। सोही अनुसार तयारी गर्छु।’ रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group