ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी अनुदान कटौतीले ५ वर्षमा १ करोड ४० लाख मानिसको ज्यान जान सक्ने जोखिम


abc news
१७ असार २०८२, मंगलबार   ५ : ५४   बजे

काठमाडौ १७ असार । धेरैजसो वैदेशिक मानवीय सहायता कटौती गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका कारण सन् २०३० सम्ममा १ करोड ४० लाख मानिसको ज्यान जाने जोखिम रहेको एक प्रतिवेदनले जनाएको छ । ज्यान जोखिममा पर्नेहरूमध्ये एक तिहाइ जति बालबालिका रहेका मेडिकल जर्नल ‘द ल्यान्सेट’ प्रकाशित अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग ९यूएसएआईडी० द्वारा सञ्चालित ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू रद्द गरेको बताउनुभएको थियो ।

कतिपय न्यून तथा मध्यम आय भएका देशहरूका लागि यसको परिणाम विश्वव्यापी महामारी वा ठूलै सशस्त्र युद्धले पार्ने असर जत्तिकै हुने ल्यान्सेटको रिपोर्टका एक सहलेखक डाभिडे रसेलाले भन्नुभयो ।

झन्डै १ सय ३३ देशका तथ्याङ्कहरू अध्ययन गरेर अनुसन्धानकर्ताहरूको टोलीले यूएसएआईडीको सहयोगका कारण सन् २००१ र २०२१ को बीचमा ९ करोड १० लाख मानिसको ज्यान जोगाएको अनुमान गरेका छन् ।

यूएसएआईडीले विश्वभरका १ सयभन्दा धेरै देशहरूलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ । यूएसएआईडीलाई अमेरिकी बजेटबाट रकम विनियोजन हुने गरेको थियो ।

सन् २०२४ मा अमेरिकाले यूएसएआईडीका लागि ४४ दशमलव २० अर्ब डलरको कोष छुट्याएको थियो । यो कुल बजेटको ०।४ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group