ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही


admin

चितवन, १८ चैत । नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आउनुभएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । 


दुई दशक लामो पत्रकारिता जीवनको शुरुआती क्षणमा सोही क्षेत्रको बगरमा घडियाल गोही घाम तापेको दृश्य आज पनि उहाँको मानसपटलमा ताजै छ । त्यसो त उहाँले कालीगण्डकीमा गोहीको अण्डा संकलन गरिएको आफ्नै आँखाले देख्नुभएको छ । दिनानुदिन मानवीय गतिविधिसँगै नदी प्रदूषण हुँदा ती दुर्लभ जलचर हराएकामा आफू चिन्तित बनेको उहाँले बताउनुभयो । जोशीले भन्नुभयो “नारायणीको पुलदेखि कालीगण्डकीसम्म नै नदी छेउको बगरमा घडियाल गोही देखिन्थे । निकुञ्जले अण्डा संकलन गथ्र्याे ।” आजभोलि गोही मात्रै होइन माछा पनि देखिन छाडेको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढ र भरतपुरको ढल सोझै नारायणी नदीमा मिसाइँदै आएको छ जुन जलचरका लागि निकै हानिकारक मानिन्छ । गत महिना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो क्षेत्रमा गोही गणना गर्दा नारायणीको पुलबाट देवघाटसम्मका क्षेत्रमा गोही देखिएनन् ।

विभागका पर्यावरणविद् लक्ष्मण पौडेलका अनुसार मानवीय चाप बढेसँगै बढेको प्रदूषणका कारण यस क्षेत्रमा गोही हराएको हो । पहिले पहिले सो क्षेत्रसँगै कालीगण्डकी नदीमा पनि अण्डा संकलन गर्ने गरिएको भए पनि अहिले हराएर गएको उहाँले बताउनुभयो ।

गोही सफा पानीमा बस्ने र बालुवामा गुँड बनाउने बताउँदै उहाँले पानी प्रदूषित हुनु र नदी किनारमा बालुवाको कमीका कारण गोहीका लागि आवश्यक वातावरण बन्न सकेको छैन भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि घडियाल प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का २०५९ सालसम्म नारायणगढको पुलबाट देवघाट हुँदै कालीगण्डकीसम्म गोहीको अण्डा संकलन गर्ने गरिएको बताउनुहुन्छ । उहाँका अनुसार त्यसयता गोही हराउँदै गएपछि त्यस क्षेत्रमा अण्डा भेटिन छाडेको छ ।

पानीभित्र रहेको ढुंगामा लाग्ने खैरो र हरियो लेउ माछालगायत जलचरले खाने भए पनि अहिले पानीभित्र ढुंगाको कमी र प्रदूषण बढ्नाले जलचरमा कमी आएको उहाँको भनाइ छ । खड्काले भन्नुभयो, “पानीभित्र ढुंगामा लागेको लेउ र माछाको भुँडीको स्वाद उस्तै तीतो हुन्छ । यसको अर्थ माछाजस्ता जलचरको एउटा आहारा लेउ पनि हो ।” त्यस्तै नदीका छेउमा बगाएर ल्याइएका रुख, मुढा मान्छेले लगिदिँदा जलचरले गुँड लगाउन र बस्न नपाएको उहाँको भनाइ छ ।

देवघाट क्षेत्रमा दिनहुँ ठूलो संख्यामा शव दहन गरिँदा कोइला, धुवाँलगायतले बालुवा र नदीभित्र पनि प्रदूषण बन्ने गरेको र त्यसको प्रभाव प्रत्यक्ष रुपमा गोही जस्ता जलचरमा पर्ने गरेको खड्का बताउनुहुन्छ ।
नारायणी पुलदेखि दक्षिणतर्फ वन क्षेत्र पर्ने भएकाले मानवीय गतिविधि कम हुँदा त्यस क्षेत्रमा भने गोही रहेका छन् । समयमै ती क्षेत्रमा पनि ध्यान पु¥याउन नसकेमा यस्ता महत्वपूर्ण जलचर हराउँदै जाने खड्काको चिन्ता छ । निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोही हुर्काएर राप्ती र नारायणी नदीमा हरेक वर्ष गोही छाडिँदै आएको छ । मानव अतिक्रमणका हिसाबले नारायणीभन्दा राप्ती गोहीका लागि बढी सुरक्षित क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com