ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा भारतको सहकार्य आवश्यक : उपेन्द्र यादव


admin
१८ चैत्र २०७४, आइतबार   २ : ४५   बजे

सप्तरी, १८ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा भारतको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

संघीय प्रेस फोरम सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताउँदै नेपालको विकासका लागि भारतलाई विकासको पार्टनरको रुपमा सम्झनु पर्ने बिचार व्यक्त गर्नुभयो । भारत तथा चीन जस्ता दुई ठूला छिमेकी मुलुकसित आपसी समझदारी कायम गरेर विकासको क्षेत्रमा अघि बढ्नु नेपालका लागि हितकर हुने उहाँको धारणा छ ।

सोही पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संघीयताले देश समृद्ध हुने बताउँदै अब नेपालमा संघीयता बाहेकको विकल्प नरेहको बताउनुभयो । उहाँले मुलुकमा संघीयता समस्या नभएर समाधान हो भन्दै यसलाई बलियो बनाउनु पर्नेमा जोड समेत दिनुभयो ।

यता अधिकार सम्पन्न प्रदेश निर्माणका लागि प्रदेश सरकारलाई आफ्नै कानुन बनाउने अधिकार दिनुपर्ने माँग गर्दै अनिमात्र प्रदेश विकसीत र प्रगतिको तर्फ अगाडी बढ्ने उहाँले जिकिर गर्नुभयो । संविधान संशोधन वा कानुन बनाएर भएपनि प्रदेश सरकारलाई अधिकार, शक्ति र श्रोत प्रदान गर्नु पर्ने उहाँले सुझाव दिँदै अहिलेको प्रदेश सरकार त्रिशंकु जस्तो माथी जान नसक्ने र तल झर्न नसक्ने अवस्थामा रहेको जिकिर गर्नुभयो ।

उहाँले जनसंख्या तथा मानव विकास सूचकांकका आधारमा प्रदेशमा बजेट व्यवस्था गर्नु पर्ने बताउँदै सुरक्षा निकाय तथा कर्मचारी अझै पनि प्रदेश मातहत नआएकोले अब पनि केन्द्र सरकारले पुरानो मानसिकता पालेर काम नचल्ने उल्लेख गर्नुभयो ।

यस्तै युरोपेली युनियनले हालै सार्वजनिक गरेका निर्वाचन पर्यवेक्षण प्रतिवेदनलाई सार्थक बताउँदै अध्यक्ष यादवले बरु सरकारले त्यसका बिरुद्ध विज्ञप्ति निकालेर कुटनीतिक रुपमा असफलता प्रदर्शन गरेको टिप्पणी समेत गर्नुभयो । यस्तै संबिधान संशोधन तथा आफूहरुले उठाएका मुद्दा संबोधनको ग्यारेण्टी नभईकन यथास्थितिमा सरकारमा जान नसकिने उहाँले जवाफ दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group