ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठगी गर्ने उद्देश्यले नेपालमा फेरि अनलाइन सट्टेबाजी प्लेटफर्महरू सक्रिय, सम्वन्धि निकाय मौन


abc news
२१ असार २०८२, शनिबार   १० : ४५   बजे

काठमाडौं । ठगी गर्ने उद्देश्यले नेपालमा फेरि अनलाइन सट्टेबाजी प्लेटफर्महरू सक्रिय हुन थालेका छन् । सामाजिक सञ्जालमा सशुल्क विज्ञापन गरेर यस्ता प्लेटफर्महरू सोझा प्रयोगकर्तालाई ठगी गर्न लागिपरेका हुन् । झट्ट हेर्दा अवसरजस्तो देखिने यी प्लेटफर्महरूमा पैसा कमाउने सपना सजिलै बन्छ, तर वास्तविकता भने ठगीको धन्दा मात्र हो ।

तीमध्ये जयबाजी, बीजे लाईभ नेपाल जस्ता प्लेटफर्मले आक्रामक तरिकाले नेपालमा प्रचार गरिरहेको देखिन्छ । हालै खोलिएका फेसबुक अकाउन्टमार्फत त्यस्ता प्लेटफर्मको विज्ञापन गरिएको पाइन्छ । झट्ट हेर्दै फसाउन सक्ने गरी विज्ञापनमा विवरण राखिएका छन् । तीमध्ये अधिकांश विज्ञापनमा नेपाली खेलाडीहरूका लागि विशेष भन्दै प्रचार गरिएको छ ।
यी दुवै प्लेटफर्मको विज्ञापनमा प्लेटफर्मको वेबसाइट लिङ्क राखिएको छ । वेबसाइटमा फोन नम्बर राखेर अकाउन्ट खोल्ने विकल्प दिइएको छ । अझ डरलाग्दो कुरा त के छ भने यस प्लेटफर्मलाई नेपाली भएको देखाउन नेपाली भाषाको प्रयोग गरिएको छ । यसले गर्दा सामान्य प्रयोगकर्ता पनि उक्त प्लेटफर्मतर्फ आकर्षित हुने र अकाउन्ट बनाई उनीहरूले भनेको जस्तै गर्ने देखिन्छ ।

यसका साथै प्रत्यक्ष कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ । बाहिर सामाजिक सञ्जालमा यी प्लेटफर्मका एजेन्टसँग सम्पर्क गर्ने विकल्प छैन । तर वेबसाइटमा टेलिग्राम र ह्वाट्सएप च्यानलको लिङ्क राखिएको छ ।

यो प्लेटफर्ममा जति जनालाई जोड्न सकिन्छ, जोड्नेलाई त्यति नै फाइदा हुने, कमिसन बढी पाइने, खेलाडीको सुरक्षा गर्ने, ईवालेट तथा बैंकमार्फत पैसा पठाउने जस्ता कुरा लेखी लोभ देखाइएको छ । यसरी नै प्रलोभनमा पारेर यसअघि फिफिया, एनईसी निजमेगन, सीजी बेटजस्ता प्लेटफर्म सोझा प्रयोगकर्तालाई ठगी गरी फरार भएका थिए ।

नेपालमा कुनै पनि प्रकारको जुवा प्रतिबन्धित छ । तर यस्ता अनलाइन प्लेटफर्महरूले नयाँ तरिका अपनाउँदै सर्वसाधारणलाई झुक्याइरहेका छन् । आकर्षक विज्ञापन र चटपटे अफरहरूको माध्यमबाट लोभ्याउँदै यी प्लेटफर्महरूले ठूलो संख्यामा सर्वसाधारणको रकम असुलिरहेका छन् । विशेषगरी युवापुस्ता यस्ता प्रलोभनमा परेर आर्थिक संकटमा फसिरहेका छन् ।
सामान्यतः बेटिङ साइटले सुरुमा प्रयोगकर्तालाई जितेको भान गराउँछन् । तर अन्त्यमा प्रयोगकर्ताबाटै लाखौं रुपैयाँ लुट्ने गर्छन् ।
यसअन्तर्गत सबैभन्दा पहिले एउटा वालेट अकाउन्ट दिएर रकम ट्रान्सफर गर्न लगाइन्छ । नेपाली वालेटबाट ट्रान्सफर गरेको उक्त रकम प्लेटफर्ममा देखिन्छ । त्यसपछि प्रयोगकर्ताले अनलाइन क्यासिनो, फिशिङ, लट्री आदिमा रकम जम्मा गरेर खेल्न सक्ने बताइन्छ ।

यी प्लेटफर्ममा प्रयोग भएका बैंक अकाउन्ट तथा वालेट अकाउन्टहरू पनि प्रलोभनमा परेर राखिएको जस्तो देखिन्छ ।
यस्ता प्लेटफर्मले क्षणिक रूपमा फाइदा दिए पनि कालान्तरमा घर न घाटको बनाउन सक्छन् । यसकारण अनलाइन जुवाको लोभमा परेर आफ्नो सम्पत्ति गुमाउनुअघि सर्वसाधारणले एक पटक सोच्नैपर्छ कि यो अवसर होइन, धोका हो ।

प्रविधिको दुरुपयोग गरेर ठगी धन्दा चलाउने व्यक्तिहरूले नयाँ-नयाँ अनलाइन एप र वेबसाइटहरू मार्फत आफ्नो जाल फैलाएका छन् । प्रयोगकर्ताले सजिलैसँग आफ्नो व्यक्तिगत विवरण र बैंक खाता जानकारी दिएपछि उनीहरू ठगको शिकार बन्न पुग्छन् । यस्ता प्लेटफर्महरूमा एक पटक फसेपछि पैसा फिर्ता पाउन गाह्रो मात्र होइन, असम्भव नै हुन्छ ।
यस ठगीको फन्दाबाट बच्न सर्वसाधारणलाई सतर्कता अपनाउन र अनलाइनमा आर्थिक कारोबार गर्दा बढी सचेत रहन विज्ञहरूले सुझाएका छन् । अर्कोतर्फ सरकार र सुरक्षा निकायको निरन्तर निगरानी नहुँदासम्म यस्ता ठगीका घटनाहरू बढ्दै जाने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group