ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसीमा फेरि पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १२ : ५५   बजे

रसुवा । रसुवास्थित भोटेकोसी नदीमा पानीको बहाव फेरि बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै भोटेकोसी नदीमा लेदोसहित पानीको बहाव केही बढेको जनाएको हो। प्राधिकरणका अनुसार यसअघि बुधबार ठूलो बाढी आएको क्षेत्रमै पानीको बहाव बढेको हो। थप बाढी आउन सक्ने जोखिम रहेकाले नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा जोखिम क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।भोटेकोसी तथा त्रिशूली नदी किनारमा रहेका नागरिकलाई जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान प्राधिकरणले अनुरोध गरेको छ। यसअघि गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले चीनको सीमा क्षेत्रमा नदी थुनिएर बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएको बताएका थिए। उनका अनुसार चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा ताल फुटेको खबर आएको हो। तालमा कम्तीमा २० लाख घनमिटर पानी जम्मा भएको हुनसक्ने विज्ञहरूको प्रारम्भिक अनुमान छ। यद्यपि ताल कति र कसरी फुटेको हो भन्ने विषयमा यकिन विवरण प्राप्त भइसकेको छैन। ताल फुटेपछि बाढीको जोखिम बढेको भन्दै चीनले तिब्बतको केरुङ सीमा क्षेत्रतर्फ उद्धार कार्यसमेत अस्थायी रूपमा रोकेको बताइएको छ। बीबीसीका अनुसार नेपाल–तिब्बत सीमा क्षेत्रको ग्यारियोङ बन्दरगाहको माथिल्लो भागमा बनेको तालमा पानीको सतह बढेपछि चिनियाँ अधिकारीहरूले उद्धारकर्मीलाई काम रोक्न निर्देशन दिएका छन्। चिनियाँ उद्धार टोलीलाई करिब एक किलोमिटर पछाडि हट्न समेत भनिएको जनाइएको छ। यसैबीच, नेपालतर्फ पनि भोटेकोसी र त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई सतर्क अवस्थामा राखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

भोटेकोसीमा फेरि बाढी, स्याफ्रुबेँसीसम्म पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu