ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसीमा फेरि बाढी, स्याफ्रुबेँसीसम्म पुग्यो


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १ : ०५   बजे

काठमाडौँ । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा शुक्रबार दिउँसो पानीको सतह पुनः उल्लेख्य रूपमा बढेको छ। बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको जानकारी बाढी पूर्वानुमान महाशाखाले दिएको छ।  बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२ः३१ बजे सूचना जारी गर्दै भोटेकोसीमा बाढी बढिरहेको र स्याफ्रुबेँसीसम्म आइपुगेकाले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अर्को सूचना नआएसम्म नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन भनिएको छ।  यसअघि भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म ठूलो क्षति पुर्‍याएको थियो। सरकारी प्राविधिक अध्ययनअनुसार सो बाढी तिब्बततर्फबाट ठूलो पानीको बहाव प्रवेश गरेपछि आएको थियो र करिब ६ घण्टा १५ मिनेटमा देवघाटसम्म पुगेको थियो।  यसपटक पनि चीनतर्फ नदी थुनिएर बनेको ताल फुटेको वा फुट्न थालेको सूचनापछि भोटेकोसीमा पानीको बहाव बढेको बताइएको छ। जोखिमलाई मध्यनजर गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारणलाई समेत सतर्क रहन आग्रह गरिएको छ।  भोटेकोसी–त्रिशूली नदी किनारका बासिन्दाले तत्काल नदीतटबाट टाढा सुरक्षित तथा अग्लो स्थानमा जानु र प्रशासनको अर्को सूचना नआएसम्म नदी आसपास नफर्किनु उचित हुन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

भोटेकोशी बाढीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu