ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनाले प्रयोग गर्दै आएको मुस्ताङको बागवानी विकास केन्द्रको जग्गा खाली गर्‍याे


abc news
२१ असार २०८२, शनिबार   २ : ३०   बजे

काठमाडौ २१ असार । नेपाली सेनाले प्रयोग गर्दै आएको मुस्ताङको बागवानी विकास केन्द्रको जग्गा खाली गरेको छ । थासाङ गाउँपालिका–४ घाँसामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको स्वामित्वमा रहेको २० रोपनी जग्गा २४ वर्षपछि सेनाले बागवानी केन्द्रलाई प्रयोग गर्न मिल्ने गरी खाली गरेको हो ।

२०५८ सालदेखि नेपाली सेनाको सुरक्षा पोस्टका रूपमा जग्गा प्रयोग हुँदै आएको थियो । द्वन्द्वकालीन समयमा म्याग्दी र मुस्ताङको सीमाक्षेत्र थासाङको घाँसामा सेनाले सुरक्षा पोस्ट खडा गरेको थियो । जोमसोमको ईन्द्र बक्स गणका प्रमुख सेनानी मोहनकुमार थापाले घाँसामा रहेको सेनाको सुरक्षा पोस्ट जोमसोममा ‘मर्ज’ भएकाले जग्गा बागवानी विकास केन्द्रलाई प्रयोग गर्ने गरी खाली गरेको जानकारी दिनुभयो ।

नेपाली सेनाअन्तर्गत ईन्द्रबक्स गणले गएको असार १३ गते लिखित रूपमा सहमति गरेर जग्गा शीतोष्ण बागवानी विकास केन्द्र मार्फालाई जिम्मा दिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका केन्द्र प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । अब यो जग्गामा केन्द्रले हावापानी सुहाउँदो फलफूल तथा तरकारी विकास र विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group