ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई टक्कर दिन मस्कद्वारा ‘अमेरिका पार्टी’ घोषणा


abc news
२२ असार २०८२, आइतबार   ११ : ३३   बजे

काठमाडौ २२ असार । अर्बपति इलोन मस्कले अमेरिकामा राजनीतिक दल घोषणा गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले आफ्नो पार्टीको नाम ‘द अमेरिका पार्टी’ राखिएको जानकारी दिएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिग्रेपछि मस्कले आफ्नै राजनीतिक दल घोषणा गरेका हुन्।

‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन, हामी एक दलीय प्रणालीमा हुन्छौँ’, मस्कले शनिबार एक्समा लेखेका छन्, ‘आज तपाईंहरूलाई आफ्नो स्वतन्त्रता फिर्ता दिन अमेरिका पार्टी गठन गरिएको छ।’

यसअघि ट्रम्प प्रशासनको सरकारी दक्षता विभाग ९डज० का प्रमुख रहेका मस्कले अचानक पद छाड्दै ट्रम्पले ल्याएको कर कटौती र खर्च वृद्धिसम्बन्धी विधेयक ‘बिग ब्युटिफुल बिल’ को कडा आलोचना गरेका थिए। त्यसयता ट्रम्प र उनीबीच सामाजिक सञ्जालमा भनाभन भएको थियो।

उक्त विधेयक अमेरिकाका दुवै सदनबाट पास भएपछि शुक्रबार ट्रम्पले हस्ताक्षर गरेको पृष्ठभूमिमा मस्कले नयाँ दल घोषणा गरेका हुन्।

सन् २०२४ को निर्वाचनमा मस्कले ट्रम्पलाई राष्ट्रपति पदमा जिताउन अर्बौं डलर खर्चेका थिए। त्यसैकारण ट्रम्पले मस्कलाई सरकारी दक्षता विभागको प्रमुख बनाउँदै मन्त्रिपरिषद् बैठकमा समेत सहभागी गराएका थिए।

तर ‘बिग ब्युटिफुल बिल’मा विवाद परेपछि यी दुईबीचको मित्रता अहिले तिक्ततामा परिणत भएको छ।

मस्कले सन् २०२६ को मध्यावधि निर्वाचनमा केही सीमित कंग्रेस र सिनेट सिटमा उम्मेदवार खडा गरेर सक्रिय राजनीतिक हस्तक्षेप गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तर यस विषयमा ट्रम्पबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group