ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मयूरको विरोधमा उत्रिए ११ पुराना यातायात समिति, काभ्रेको ग्रामीण क्षेत्रमा यातायात ठप्प


admin
१८ चैत्र २०७४, आइतबार   ४ : ०६   बजे

काठमाडौं, १८ चैत । सिन्डिकेटको माग गर्दै काभ्रेका पुराना बस समितिहरुले आइतबारदेखि बस सेवा रोकेका छन्। मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएपछि त्यसको विरोधमा ११ पुराना यातायात समितिले सेवा रोकेका हुन्।

आइतबार काभ्रेका ग्रामिण क्षेत्रमा बसहरु सञ्चालनमा रोक लगाईएको छ । मयुर यातायातको इजाजत खारेज गर्नुपर्न उनीहरुको प्रमुख माग छ।

मयुर यातायातले चैत १ गतेदेखि बनेपासम्म २० वटा सुविधासम्पन्न बस सञ्चालन गर्दै आएको छ। उसले थप ८० वटा बस थप्ने तयारी गरेपछि पुराना व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।

सिन्डिकेटको जोगाउन माग गर्दै सेवा नै रोकेकोमा सरकारले कारबाहीको तयारी गरेको छ।

‘मयुर यातायातको विरोधमा ११ वटा पुराना यातायात समितिहरुले बस सेवा रोकेका छन्’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिंखडा भने,‘आज एक दिन हेरौं, एक पटक छलफलमा बोलाउँछौं, त्यसपछि पनि सेवा सुचारु भएन भने कानुन अनुसार अघि बढ्छौं।’

नेपालको अत्याबश्यक सेवा ऐन अनुसार अत्यावश्यक सेवामा रोक लगाउने अधिकार छैन । यातायात क्षेत्र अत्यावश्यक सेवामा पर्ने भएकोले सेवा संचालनमा नल्याए ऐन अनुसार उनीहरुको इजाजत रद्द गरी तत्काल कारबाही गर्ने अधिकार सिडिओसँग हुन्छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सिन्डिकेटविरुद्ध कडा रुपमा कारबाही गर्न यस अघि नै निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

मधेसमा जापानीज इन्सेफ्लाइटिस बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

कृषि कर्जाको पहुँच विस्तार गर्नुपर्छ : मन्त्री चौधरी

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu