ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेबोनका अध्यक्षलाई स्वर्णिमको प्रश्न- घाटाका कम्पनीलाई आईपीओमा ल्याएर लगानीकर्ता फसाउने खेल कसरी रोक्नुहुन्छ ?


abc news
२६ असार २०८२, बिहिबार   ४ : ४६   बजे

काठमाडौ २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उपसभापति एवं सांसद डा।स्वर्णिम वाग्लेले घाटामा गइरहेका कम्पनीहरूलाई साधारण शेयर आईपीओमा ल्याएर साना लगानीकर्ता फसाउने काम भइरहेको बताएका छन् । बिहीबार बसेको अर्थ समिति बैठकमा बोल्दै वाग्लेले यस्तो बताएका हुन् ।

नेपाल धितोपत्र बोर्ड ९सेबोन०का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ पनि सहभागी रहेको समितिको बैठकमा वाग्लेले भने, ‘आईपीआको खेलमा नियामकिय निकायहरूले कसरी शुद्धतातर्फ लैजानु हुन्छ रु घाटामाथि घाटामा गइरहेका कम्पनीहरूलाई आईपीओमा लगेर विभिन्न चलखेल गरेर सोझा साना लगानीकर्ताहरूको बोझ बनाएर टाप कस्ने रणनीति डरलाग्दो छ । यसले अर्थतन्त्र नै कोल्याप्स लैजान्छ । यतातिर कसरी हेरिरहनु भएको छ ?

त्यस्तै, उनले हाइड्रोपावर कम्पनीहरु अर्को सहकारी बन्न लागेको चर्चा रहेको समेत सुनाए । उनले भने, ‘कोही हाइड्रोपावर कम्पनीहरु अर्को सहकारी बन्दैछ भनेर अर्को डरलाग्दो कुराहरू गर्छन् । होटलहरु पनि च्याउ उम्रेसरि आइरहेका छन् । उनीहरूको पनि फर्मुला छ रे(ओभर इन्भोइसिङ गर्ने, क्यापिटल फ्लाइट पनि गराउने, बैंकहरुबाट अधिक ऋण बोक्ने र एक दुई वर्षमा नै आईपीओ ल्याएर जनतामा लोड गरेर भाग्ने गरेका छन् ।’

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे स्पष्ट गर्नुपर्ने उनले बताए । यसबारे प्रक्रिया तत्काल रोकेर नेपाल स्टक एक्सचेन्ज नेप्से० को पुनः संरचनामा ध्यान दिन उनले सुझाव दिए ।

भएको नेप्सेलाई सुधार गरेर मात्रै अगाडी बढ्नु पर्ने उनको सुझाव रहेको छ । वाग्लेले भने, ‘पहिले भएको नेप्से सुधार गरेर हेरौँ, यसका लागि दुई तीन वर्षको समय दिऊ पनि । त्यसपछि हाम्रो अर्थतन्त्रले माग्यो भने, हाम्रो अर्थतन्त्रको मौलिकताले माग्यो भने दिनु राम्रै होला । तर भइरहेको दूध दिने गाईलाई सखाप पारिदिऊ भनेर केही व्यक्ति विशेष जो अहिलेको भ्रष्ट नेताहरूसँगको साँठगाँठ छ उनीहरूलाई पोस्ने गरेर नयाँ लाइसेन्स दिने रवैया ठिक छैन ।’

अर्थशास्त्र बुझेका र अनुभवी पूर्व अर्थमन्त्री युवराज खतिवडाले दोस्रो स्टक एक्सचेन्जको खेल ‘प्योर नेकेड करप्सन’ रहेको भनेको स्मरण गर्दै यसलाई आफ्नो समर्थन रहेको समेत वाग्लेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

सम्बन्धित

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu