ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


abc news
२७ असार २०८२, शुक्रबार   ५ : ४३   बजे

काठमाठौ २७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ३५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पले पत्रमार्फत क्यानडाबाट अमेरिका आउने सामानहरूमा आउँदो अगस्ट १ देखि ३५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको हो । अमेरिकाले क्यानडाबाट आउने केही सामानहरूमा २५ प्रतिशत कर लगाइसकेको छ ।

क्यानाडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने आशामा व्यापारिक वार्तामा संलग्न छन् तर ट्रम्पको पछिल्लो धम्कीले त्यो समयसीमा परिवर्तन गरेको देखिने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

‘यूएसएमसीए’ भनिने अमेरिका, मेक्सिको र क्यानडालाई एकताबद्ध गर्ने मुक्त व्यापार सम्झौतालाई ट्र्याकमा ल्याउन सकियोस् भन्ने उद्देश्यले क्यानाडा र मेक्सिको दुवैले ट्रम्पलाई सन्तुष्ट पार्ने तरिकाहरू खोज्ने प्रयास गरिरहेका छन् ।

यसैबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नयाँ समयसीमातर्फ अघि बढ्दै गर्दा आफ्नो सरकारले आफ्नो देशका कामदार र व्यवसायहरूको सुरक्षा जारी राख्ने बताउनुभएको छ ।

ट्रम्पले यस हप्ता अन्य अमेरिकी साझेदारहरूलाई २० भन्दा बढी यस्ता पत्रहरू पठाउनुभएको छ । उहाँले युरोपेली सङ्घमा चाँडै नयाँ करहरू घोषणा गर्ने पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu