ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी आक्रमणबाट कतारस्थित अमेरिकी सैन्य अड्डामा सामान्य क्षति


abc news
२८ असार २०८२, शनिबार   ३ : १४   बजे

काठमाडौ २८ असार । अमेरिकी रक्षा विभागले इरानी हमलाबाट कतारस्थित सैन्य अड्डामा सामान्य क्षति पुगेको जनाएको छ।

जुन २३ मा इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा हवाई आक्रमण गरेको थियो।

तीमध्ये कतारको अल उदैद एयरबेसमा सामान्य क्षति भएको अमेरिकी रक्षा विभागका प्रवक्ता सीन पार्नेलले बिबिसीसँग बताएका छन्।

उनले त्यस दिनअमेरिकी र कतारको संयुक्त एअर डिफेन्स सिस्टमले कतारबाट गरिएका अधिकांश मिसाइल नष्ट गर्न सफल भएको बताएका छन्।

एउटा ब्यालिस्टिक मिसाइल भने अल उदैद सैन्य अड्डामा खसेको थियो।

उक्त आक्रमणबाट सैन्य अड्डाका उपकरण तथा पूर्वाधारमा सामान्य क्षति पुगेको छ तर कुनै पनि व्यक्ति घाइते भएको छैन,’ उनले भने, ‘अल उदैद एयरबेस अहिले पनि पूर्णरूपमा सञ्चालनमा छ र क़तरको साझेदारीमा क्षेत्रीय सुरक्षा तथा स्थायित्व कायम राख्ने हाम्रो मिसनमा कुनै अवरोध छैन।’

बिबिसी फारसीको फ्याक्ट चेकिङ टोलीले आक्रमणअघि र पछि खिचिएको स्याटेलाइट तस्बिरको विश्लेषण गर्दै सैन्य अड्डाको भित्रका ‘एंटीना कोर’ पूर्ण रूपमा ध्वस्त भएको भनेको छ। साथै, वरपरका भवनहरू पनि क्षतिग्रस्त देखिएका उसले बताएको छ।

इसराइल र इरानबीच भएको युद्धमा अमेरिका पनि सामेल भएपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेको थियो।

त्यसअघि अमेरिकाले इरानका फर्दो, नतान्ज र इस्फहानजस्ता प्रमुख परमाणु कार्यक्रम क्षेत्रमा आक्रमण गरेको थियो। उसले ती क्षेत्रहरू ध्वस्त भएको दाबी गर्दै आएको छ।

इरानले जबाफी हमला गरेपछि इरान(इसराइल युद्ध १२ औं दिनमा अन्त्य भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group