ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कुलिङ पिरियड’मा भएको फेरबदल गम्भीर त्रुटि हो, हामी सबै त्यसका अंशियार छौँ- विश्वप्रकाश


abc news
२८ असार २०८२, शनिबार   ३ : ४९   बजे

काठमाडौ २८ असार । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको शब्द फेरबदल गम्भीर त्रुटि भएको र त्यसमा सबै सांसद अंशियार रहेको बताएका छन्।

यसैले अब त्यस्तो गल्ती नहोस् भनेर आफूले केही दिनअघि मात्र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसद्‌को कार्यसूचीबाट हटाउन लगाएको उनले उल्लेख गरेका छन्।

‘निजामती विधेयकको ‘कुलिङ पिरियड’ सन्दर्भमा भएको शब्द फेरबदल गम्भीर त्रुटि हो। हामी सबै त्यसका अंशियार छौँ( मात्रात्मक रूपमा कमबेसी होला। यसमा सर्वदलीय छानबिन समिति पनि बनेको छ’, रासससँग अन्तर्वार्तामा शनिबार सांसद शर्माले भनेका छन्, ‘तर विधेयकको सन्दर्भमा कम छलफल हुन्छ भन्ने होइन। राज्य व्यवस्था समितिमा निजामती विधेयक पनि लामो समय छलफल भएको थियो। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक पनि सोही समितिले लामो छलफलपछि संसद्‌मा पठाएको हो। कहिलेकाहीँ हतारिएर विधेयक पारित गराउने प्रयास हुन्छ, त्यस्तो रोक्न हामी लागेका छौँ। केही दिनअघि संसद्‌मा प्रस्तुत गर्ने तयारीसहित कार्यसूचीमा राखिएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा सहमति जुटाएर मात्र अगाडि बढाउनुपर्ने भन्दै कार्यसूचीबाट हटाउन मैले नै पहल गरेको थिएँ।’

राज्य व्यवस्था तथा सुशसान समितिबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा राखिएको ुकुलिङ अफ पिरियडुसम्बन्धी व्यवस्थामा प्रतिनिधि सभाबाट पास गरिँदा ‘बाहेक’ शब्द थपिएको पाइएको हो। जसले कुलिङ अफ पिरियडुलाई निष्क्रिय बनाएको छ। जसले गर्दा सांसदहरूले विधेयक नपढी पास गर्दा रहेछन् भन्ने आलोचना भइरहेको छ।

उक्त त्रुटि कसरी भयो भन्ने विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको छ। जसले बुधबार मात्र आफ्नो कार्यविधिलाई अन्तिम रूप दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu