ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको छातीमा फेरि कुशासनको तक्मा थपिएको छ – सांसद किराँती


abc news
२९ असार २०८२, आइतबार   २ : ५६   बजे

काठमाडौ २९ असार । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सुशासनका लागि भन्दै गठन भएको सरकारको छातीमा कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा फेरि कुसासनको तक्मा थपिएको छ। सामान्य प्रसासन र भूमि सुधारमन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के होरु’

सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा फेरि कुसासनको तक्मा थपिएको छ। सामान्य प्रसासन र भूमि सुधारमन्त्रीकोबारेमा सर्वत्र मिडियामा आएको कुरा के होरु

प्रधानमन्त्रीले संसद्‌मै आएर ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेको भन्दै त्यसबारे संसद्मा आएर जवाफ दिनुपर्ने माग गरे। ‘मलाई राम्रोसंग स्मरण छ( यही उभिएर सम्माननीय प्रधानमन्त्रीले भन्नु भएको कुरा ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’। यो जुनीमा त के अर्को जुनीमा पनि चित्र गुप्ताको अगाडि उभिएर जवाफ दिन्छु,’ किराँतीले भने, ‘हामीलाई अर्को जुनी र चित्र गुप्ताको विश्वास छैन। त्यसैले सरकारको तर्फबाट यो सार्वभौमिक संसद्लाई सत्य तथ्य जवाफ चाहियो।’

उनले थपे, ‘यो भ्रष्ट सरकारले संसद्‍मा संख्याको आधारले केही समय त जित्ला तर हेक्का रहोस् जनताको मन भित्र निरन्तर हारीरहेको छ।’

प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा मानव तस्करी भएको भन्दै यसले देशको छविमाथि प्रश्न उठेको बताए। ‘समाचार अनुसार स्पेनमा आयोजित प्रधानमन्त्री नै सहभागी हुनुभएको कार्यक्रममा फेरि मानव तस्करी जस्तो जघन्य अपराध भयो,’ सांसद किराँतीले भने, ‘जस्ले देशको छविमाथि अन्तराष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठायो। यस विषयमा छानबिनगरि सत्य तत्थ्य प्रतिवेदन सार्वजानिक गरियोस् र दोषीमाथि कारबाही गरियोस्।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu