ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकालीमा पुल निर्माणको काम तीव्र,


admin
१९ चैत्र २०७४, सोमबार   २ : ५६   बजे

कञ्चनपुर, १९ चैत ।  महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ । पुल निर्माणका लागि दुई साताअघि इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपु-याइएको छ । उक्त मेशिन ल्याइएसँगै पुल निर्माणको कामले गति लिएको हो ।

“मेशिन ल्याउन छ महिनाभन्दा बढी समय लाग्यो,” पुल निर्माणस्थलमा भेटिनुभएका कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोरराज पाण्डेयले भन्नुभयो, “अब निर्माणको काम धमाधम अगाडि बढ्छ ।” हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा पुगेसँगै दुई वटा पाइल गाड्ने काम सम्पन्न भएको छ । पुल निर्माणका लागि यस्ता ४०८ वटा पाइल निर्माण गरिने छन् ।

भीमदत्त नगरपालिका–१२ ओदालीमा महाकाली नदीमा बन्न लागेको उक्त पुल निर्माणको जिम्मा कुमार सिएसइसी जेभीले लिएको छ । पुल निर्माण हुन लागेको सो ठाउँमा महाकाली नदीको चौडाइ दुई किलोमिटर रहेको छ । त्यसको ८०० मिटर क्षेत्रमा मात्र पक्की पुल निर्माण गरिँदैछ । सो ठाउँमा आठ÷आठ सय मिटर लम्बाइका चार लेनका दुई वटा पुल निर्माण हुँदैछन् ।

“महाकाली वारि र पारि ६०० मिटर लम्बाइका दुईवटा पक्की पुल निर्माण गरिने छन्”, इन्जिनियर पाण्डेयले भन्नुभयो, “पुल निर्माणस्थलमा पर्यटकलाई आकर्षित गर्न पोखरी र वनभोजस्थल निर्माण गर्ने योजना छ ।”

अहिले पक्की पुल निर्माण हुन लागेको ठाउँदेखि दोधारा–चाँदनीको झोलुङ्गे पुल अढाइ किलोमिटर दक्षिणतर्फ पर्छ । पक्की पुल निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नेछ । पक्की पुल नहँुदा सवारी साधन ओहोरदोहोर गर्न समस्या हुँदै आएको थियो । “पक्की पुलले दोधारा–चाँदनीका करिब ५० हजार बासिन्दालाई सदरमुकाम महेन्द्रनगरसँग जोड्नेछ,” इन्जिनियर पाण्डेयले भन्नुभयो, “स्थानीय उत्पादनले सहजै बजार पाउनेछ ।”

इन्जिनियर पाण्डेयका अनुसार गड्डाचौकीदेखि ओदालीसम्मको पहँुच मार्गमा चार वटा पक्की पुल निर्माणको काम अगाडि बढेको छ । भुजेला र गड्डाचौकीमा तीस÷तीस मिटर लम्बाइका चारवटा पुल निर्माण भइरहेका छन् । यस्तै नदीको दोधारा–चाँदनीतर्फ तीनवटा स्पर निर्माणको काम सम्पन्न हुँदैछ ।

निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन तीव्र पारेको छ । निर्माणस्थल छेउमा क्रसर जडान, कामदारका लागि आवास, कार्यालय स्थापनासँगै बालुवा, ढुंगा र गिट्टी संकलन गरिएको छ ।

गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गलाई पुल निर्माणस्थल ओदालीसँग चार लेनको सात किलोमिटर पक्की सडकले जोड्ने योजना रहेको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका प्रमुख प्रदीप भण्डारीले जानकारी दिनुभयो ।

“सडक सर्वेको काम सकिएको छ, जग्गा मुआब्जा निर्धारणको काम बाँकी छ,” योजना प्रमुख भण्डारीले रासससँग भन्नुभयो, “जग्गा मुआब्जाबारे बिहीबार छलफल गरिँदैछ ।” जग्गा मुआब्जाका लागि चालू आवमा रु १० करोड विनियोजन गरेको छ । मुआब्जा वितरणपछि सडक निर्माणले गति लिनेछ । पुल निर्माणका लागि करीब दुई लाख घनमिटर ढुंगा, बालुवा र गिट्टी आवश्यक पर्छ भने अहिलेसम्म करीब एक लाख घनमिटर संकलन गरिएको छ ।

दोधारा–चाँदनीतर्फ चार लेनको डेढ किलोमिटर सडक निर्माण गरिनेछ । पुलका लागि चालू आवमा रु ५५ करोड विनियोजन गरिएको भण्डारीले बताउनुभयो ।

महाकालीमा बन्ने पुलको लागत रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजार रहेको छ । पुल निर्माण गर्न तीन वर्ष लाग्नेछ । गत भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुलको शिलान्यास गर्नुभएको थियो ।

पुल निर्माणपछि कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुनेछ । यहाँ अहिले सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको छ । केही दिनअघि नेपाल–भारतको संयुक्त प्राविधिक टोलीले सुख्खा बन्दरगाह निर्माणस्थलको अनुगमनसमेत गरिसकेको छ ।

विसं २०६० अघि महाकालीमा झोलुङ्गे पुलसमेत थिएन । दोधारा–चाँदनीका बासिन्दालाई आफ्नै देशका विभिन्न ठाउँसँगको सम्पर्क गर्न सकस हुने गरेको थियो ।

दोधारा–चाँदनी हरेक विकासका गतिविधिबाट टाढा थियो । विसं २०६१ मा महाकालीमा झोलुङ्गे पुल बनेसँगै यहाँका बासिन्दालाई आवागमनमा सहजता मिलेको हो । पक्की पुल बनेपछि भारतसितको परनिर्भरता घट्ने दोधारा–चाँदनीका बासिन्दा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group