ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि तुरुन्तै पार्टी एकता : प्रधानमन्त्री ओली


admin
१९ चैत्र २०७४, सोमबार   ३ : २०   बजे

काठमाडौँ, १९ चैत।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताउनुभएको छ ।

नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफ्नो भारत भ्रमणअघि वा पछि पार्टी एकता हुने भन्ने विषयलाई विवाद बनाउन नपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “हामी हतारमा जसरी पनि पार्टी एकता गर्ने पक्षमा छैनौँ तर ढिलासुस्ती गर्ने पक्षमा पनि छैनौँ, यो प्रक्रियाबाटै हुन्छ ।” दुई दलबीच एकताका लागि कार्यदलले काम गरिरहेका छन् । प्रधानमन्त्रीको भारत भ्रमण यही चैत २३ देखि २५ गतेसम्म हुँदैछ ।

प्रधानमन्त्री ओलीले अबको नेपालमा कोही गरिब र कोही धनी नहुने उल्लेख गर्दै स्वदेशी पूँजी परिचालन र विदेशी लगानी आकर्षित गरी स्वदेशमा युवालाई रोजगारी दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अधिकतम उत्पादन, न्यायोचित वितरण र आर्थिक बचत तथा लाभतर्फको यात्रा शुरु हुनेछ । अबको तीन वर्षमा नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नति गर्नुपर्ने चुनौतीलाई पनि आत्मसात् गरेर अघि बढिनेछ ।”

कार्यक्रममा यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५० हजार ५५५ रहेको छ । यस वर्षको सो पुरस्कारको राशिको सौजन्य एमाले निकट प्रवासी नेपाली मञ्च, कतारले गरेको हो । पुरस्कारका लागि विभागले रु १० लाखको अक्षयकोष खडा गरेको छ ।

जननेता मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेका कोइराला पूर्व सांसद र पूर्व राजदूत हुनुहुन्छ । कोइरालाले प्राप्त गरेको पुरस्कारको राशि द्वन्द्वकालमा मारिएका पत्रकार वीरेन्द्र साहको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभयो । उहाँले पत्रकारिता पेशा विश्वमै महत्वपूर्ण र शक्तिशाली पेशा भएको उल्लेख गर्नुभयो ।

एमालेका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले भण्डारीको व्यक्तित्व र जबजलाई प्रवद्र्धन गर्न पुरस्कारको स्थापना गरिएको र अक्षयकोषमा पार्टीका सदस्यबाहेक अन्य व्यक्तिको सहयोग नदिने नीति रहेको बताउनुभयो ।

एमाले केन्द्रीय सदस्य एवं विभागका उपप्रमुख सूर्य थापाले कोइराला तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको छोरा भएता पनि लोकतन्त्र र कम्युनिष्ट आन्दोलनमा लागेवापत पिता प्रधानमन्त्री भएकै बेला पक्राउमा पर्नुभएको र हालसम्म निरन्तर वाम आन्दोलन र लेखनमा रहनुभएको बताउनुभयो । (

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group