ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि शिक्षण अस्पताललाई ईएचएस भवन हस्तान्तरण, ओपीडीपछिको सेवा पाइने


abc news
३० असार २०८२, सोमबार   १ : २४   बजे

काठमाडौ ३० असार । भाटभाटेनी सुपर मार्केटले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा निर्माण गरेको ईएचएस भवनको हस्तान्तरण भएको छ।

अस्पतालको ४३ औँ बार्षिक उत्सवको अवसर पारेर सामेबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा भवन हस्तान्तरण भएको हो। भाट भाटेनीले ९ करोड ५० लाख लागतमा इएचएस भवन निर्माण गरेको थियो।

भाट्भाटेनीका सञ्चालक मिनबहादुर गुरुङ्ले अस्पतालको माग अनुसार अतिरिक्त सेवा दिन भवन निर्माण गरेको बताए।

‘२०६८ सालमा आकस्मिक कक्ष राख्ने भवन आवश्यक परेकाले १० करोडको लागतमा निर्माण गरेका थियौँ,’ उनले भने, ‘अस्पताललाई थप सेवा दिन भवन चाहिएको रहेछ, पुनः नयाँ भवन निर्माण गरेर आज हस्तान्तरण गरेका छौँ।’

अस्पताले सो भवनबाट अतिरिक्त शुल्क बुझाएर दिन मिल्ने ९पेयिङ्० सेवा सञ्चालनमा ल्याउने छ। बिरामीले अतिरिक्त शुल्क तिरेर अस्पताल समय भन्दा पछि सजिलै सँग सेवा दिन पाउने छन्। अस्पतालका प्रवक्ता डा गोपाल सेढाईले अस्पताल समय भन्दापछि ओपीडी सेवादेखि परीक्षण सेवा सो भवनबाट सञ्चालनमा ल्याउने बताए।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको भवन निर्माण गरेर थप सहयोग गरेको भन्दै भाटभाटेनीलाई धन्यवाद दिएका थिए।

अस्पताल र उपचारको विस्तार हुँदा पनि विरामी पर्ने दरमा कमी नआएको भन्दै प्रधानमन्त्री ओलीले निरोगी बनाउने अभियानमा लाग्नुपर्ने बताए।

कार्यक्रममा प्रधानमन्त्रीले चिकित्सकलाई पनि आफनो ख्याल राख्न आग्रह गरेका थिए। ‘बिरामीको उपचार गर्दा आफना शरीरको पनि ख्याल राख्नुहोला’, उनको भनाइ थियो, ‘त्यसका लागि योग गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group