ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतसँगको सीमामा अब ड्रोनबाट निगरानी गरिन्छ: गृहमन्त्री बादल


admin
१९ चैत्र २०७४, सोमबार   ३ : ३६   बजे

काठमाडौं, १९ चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र माफियातन्त्रको अन्त्य गर्ने बताएका छन् । सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले राजनीतिक दलकै आडमा भ्रष्टाचार मौलाएको भन्दै अब यसको अन्त्य गरिने बताए ।

‘यहाँ तस्करको ठूलो नेक्सस छ । तस्करको प्रशासनसँग सिधा सम्बन्ध छ’, उनले भने, ‘राजनीतिक दलका नेताकै उनीहरुले संरक्षण पाएका छन् । कानुनको रक्षा गर्ने ठेकेदार पनि तस्करसँग जोडिएका छन् ।’

देशै रेमिट्यान्सले चलिरहेको उल्लेख गर्दै उनले मुलुकमा ५० प्रतिशत कालो बजारीले हिस्सा ओघटेको बताए । देश लुट्नेहरु देश बाहिर मात्रै नभई देशभित्रै रहेको बताउँदै उनले भने, ‘विभिन्न नाकाहरुबाट तस्करहरुले देशलाई लुटिरहेका छन्।प्राकृतिक स्रोत र साधन मात्र होइन, मानव तस्करी पनि भइरहेको छ । हामीलाई लुट्नेहरु देश बाहिर मात्रै होइन, देशभित्रै पनि छन् ।’

कार्यक्रममा बोल्दै मन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको पनि बताए।

सुनसँग एयरपोर्टबाट विदेशी मुद्रा पनि तस्करी भइरहेको मन्त्री थापाले बताए। खुला सिमानाका कारण खर्बौंको तस्करी भइरहेका उनको भनाइ थियो। त्यस्तो तस्करीमा प्रशासनले सहयोग गरेको र नेताहरुले संरक्षण दिइरहेको उनको आरोप थियो।

केही समूहहरु देशमा जात र धर्मको कुरा निकालेर विखण्डन ल्याउन सक्रिय रहेको मन्त्री थापाको आरोप छ। त्यस्ता गतिविधिमा संलग्नहरुलाई निस्तेज बनाउन गृह प्रशासन सुधारको कार्ययोजना ल्याइएको मन्त्री थापाको भनाइ छ।

भारतसँगको सीमामा अब ड्रोनबाट निगरानी गरिने पनि मन्त्री थापाले बताए।

जेलको प्रसंगमा उनले त्यहाँभित्र ठूलो भ्रष्टाचार र अपराध रहेकाले सुधार योजना अघि बढिसकेको बताए। प्रहरीभित्रको विकृत्ति र सिन्डिकेट तोडेरै छाड्ने उनले प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group