ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातवटै प्रदेशमा अत्याधुनिक रंगशाला निर्माण हुन्छ- खेलकुद मन्त्री विश्वकर्मा


admin
१९ चैत्र २०७४, सोमबार   ३ : ५९   बजे

काठमाडौंँ, १९ चैत । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मुलुकको विकास र समृद्धिमा युवालाई परिचालन गर्न सरकारले तयारी गरेको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्, नेपालले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय युवा नीति, युथ भिजन र युवा परिषद्का कार्यक्रमका बारेमा स्थानीय तहका पदाधिकारीसँगको’ अन्तक्र्रियामा उहाँले राष्ट्रका लागि चाहिने युवा विदेश पलायन भइरहेकाले तिनलाई रोकी समृद्धि र विकासमा लगाउने बताउनुभएको छ ।

‘‘देश अब विकास र समृद्धिको बाटोमा लागेको छ’’ उहाँले भन्नुभयो–‘‘दैनिक सयांै दक्ष युवा जनशक्ति विदेश पलायन भइरहेकाले तिनलाई रोकी राष्ट्रको हितमा लगाउनु पर्दछ ।’’ उहाँले युवालाई स्थानीय तहमा नै स्वरोजगार बनाउने योजना रहेको जानकारी गराउनुभयो ।

मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रको विकास लागि केन्द्रमा अत्याधुनिक रंगशाला, सातवटै प्रदेशमा रंगशाला बनाउन तयारी समेत गरेको जानकारी गराउनुभयो । स्थानीय तहले पनि वडास्तरमा खेलमैदान बनाउनुपर्ने उहाँको आग्रह थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवालाई आत्मनिर्भर बनाउनका लागि परिषद्लाई स्थानीय तहसम्म विस्तार गरिने बताउनुभयो ।

उहाँले सातवटै प्रदेशमा युवा सिर्जनशील केन्द्र स्थापना गरी युवामा भएको सीप र क्षमतालाई सदुपयोग गरिने बताउनुभयो ।

युवालाई युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रेमप्रसाद दंगालले युवालाई स्वरोजगार बनाउका लागि प्रादेशिकस्तरमा कोषको संरचना बनाएर स्थानीय तहसम्म पुग्ने प्रयास भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा अछामस्थित तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा, खोटाङस्थित खोटहाङ गाउँपालिकाका उपाध्यक्ष कविता राईले युवाको क्षमताका आधारमा योजना बनाई लागू गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group