ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइन सट्टेबाजीमा संलग्न ५ जना पक्राउ, १८ मोबाइल र ५ ल्यापटप बरामद


abc news
३१ असार २०८२, मंगलबार   ४ : १२   बजे

काठमाडौं, ३१ असार। काभ्रेको मण्डनदेउपुर नगरपालिका कुन्ताबाट अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ परेका छन् । उनीहरुबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप बरामद भएको छ ।

मण्डनदेउपुर नगरपालिका७ कुन्तामा रहेको नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेंटबाट अनलाइन सट्टेबाजी ९जुवा० खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका–८ इमाटोल बस्ने ३२ वर्षीय दिगज नकर्मी र भक्तपुर नगरपालिका(४ कमल बिनायक बस्ने २८ वर्षको संजीव कुशी र २४ वर्षीय रोशन प्रजापति, सूर्यविनायक नगरपालिका(७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं महानगरपालिका(१६ शान्तीनगरका ३१ वर्षीय रोजन महर्जनलाई प्रहरीले पक्राउ गरेहो ।

उनीहरूलाई असार ३० गते दिउँसो जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले छापा हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी कोमल शाहले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा होटलमा अनलाइनमार्फत जुवा खेलाउने गतिविधि भइरहेको भन्ने जानकारी पाएपछि अनुसन्धानका लागि पुगेको प्रहरी टोलीले घटनास्थलबाट १८ थान मोबाइल फोन, पाँच थान ल्यापटप र सट्टेबाजीसम्बन्धी विभिन्न सामग्रीहरू बरामद गरेको छ ।

उनीहरू रिसोर्टको कोठा भाडामा लिएर अनलाइन एप्स र वेबसाइटमार्फत खेलाडीहरुलाई व्यवस्थापन गर्ने काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ‘मुख्य व्यक्ति को हो भन्ने पहिचान भएको छैन, करोडभन्दा बढीकै कारोबार भको देखिन्छ’, प्रहरी प्रमुख शाहले भने, ‘त्यससँग सम्बन्धित एक्सपर्टलाई बोलाएका छौं, घटनास्थलबाट बरामद १८ थान मोबाइल फोन, ५ थान ल्यापटप र सट्टेबाजीसम्बन्धी विभिन्न सामग्रीहरू अनुसन्धान गरेपछि थप कुरा खुल्ला ।’

प्रहरीले पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीसहितको फोटोसमेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu