ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रको चार महिने नयाँ कार्ययोजना साउन १ गतेदेखि कार्यान्वयन हुने


abc news
३१ असार २०८२, मंगलबार   ६ : ०३   बजे

काठमाडौ ३१ असार । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले पार्टी संगठनलाई सुदृढ र प्रचार संयन्त्रलाई आक्रामक बनाउन एकसाथ महत्त्वपूर्ण निर्णयहरू गरेको छ। केही दिन अगाडि सम्पन्न माओवादीको पदाधिकारी बैठकले गरेको निर्णय कार्यान्वयनका लागि स्थानीय पार्टी कमिटीलाई परिपत्र गरिएको छ ।

जसमा विभिन्न विभाग र केन्द्रीय कार्यालयका बैठकहरूले नयाँ जिम्मेवारी बाँडफाँटदेखि चार महिने विशेष प्रचार कार्ययोजनासम्म पारित गरेका उल्लेख छ । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आगामी २०८२ साउन १ देखि कार्तिक ३० सम्मका लागि चार महिने कार्ययोजना सार्वजनिक गरेको छ भने केन्द्रीय कार्यालयले पार्टी एकता प्रक्रियाबाट आएका २० जना नेताहरूलाई केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी तोकेको छ।

पार्टीका अध्यक्ष प्रचण्ड र विभागका प्रमुख अग्नि सापकोटाको उपस्थितिमा असार २३ गते बसेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकले पार्टीका कामलाई जनतामाझ स्थापित गर्न र प्रतिस्पर्धीका गलत कार्यको भण्डाफोर गर्न विस्तृत कार्ययोजना अघि सारेको छ।

विभागका इञ्चार्ज अग्नि सापकोटाद्वारा जारी परिपत्रअनुसार प्रचार कामलाई व्यवस्थित गर्न विभिन्न समितिहरू गठन गरिएको छ। जसअनुसार सामाजिक सञ्जाल समन्वय समितिमा विश्वदीप पाण्डे, टेलिभिजन प्रसारण समितिमा बबिन शर्मा, पत्रपत्रिका समन्वय समितिमा दीपेन्द्र रावल, पत्रकारिता सम्बन्धी बाह्य माध्यम समन्वय समितिमा आस्था के।सी।, कर्णाली प्रदेश संयोजनमा दीपेन्द्र शर्मालाई तोकिएको छ ।


यस्तै कार्ययोजनामा पार्टीको आधिकारिक मुखपत्र प्रकाशन गर्ने, प्रदेश तहसम्म डिजिटल साक्षरता अभिमुखीकरण गर्ने, पालिका तहसम्म ‘आईसीटी कमिटी’ बनाउन आग्रह गर्ने र पार्टीको वेबसाइट तथा सामाजिक सञ्जाललाई नियमित अद्यावधिक गर्ने जस्ता कार्यक्रमहरू समावेश छन् ।


बैठकमा अध्यक्ष प्रचण्डले सामयिक र समुचित प्रचार–प्रसारको महत्वमाथि जोड दिँदै समग्र प्रचार मोर्चालाई प्रभावकारी ढङ्गले परिचालन गर्न निर्देशन दिएका थिए ।

यसैगरी, असार २६ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालय ९पदाधिकारी०को बैठकले पार्टी एकता प्रक्रियामा सामेल भएका २० जना नेताहरूलाई नयाँ जिम्मेवारी दिएको छ। महासचिव देव गुरुङद्वारा हस्ताक्षरित परिपत्रअनुसार किरण थापा कास्की० लाई केन्द्रीय सदस्य तथा कृष्ण कुमार भण्डारी काभ्रे०, मिनबहादुर दर्जी झापा०, मोदनाथ तिमिल्सिना सिन्धुली० लगायत २० जनालाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ।

बैठकले मुस्लिम मोर्चाको इन्चार्जको जिम्मेवारी पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ९बलदेव० लाई तोक्ने निर्णय पनि गरेको छ। साथै, पार्टी स्थायी समितिको बैठक छिट्टै बोलाउने निर्णय भएको परिपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group