ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रूससँगको सम्बन्धलाई लिएर भारतमाथि शतप्रतिशत भन्सार शुल्क लगाउने नेटोको धम्की


abc news
३२ असार २०८२, बुधबार   १२ : ०४   बजे

काठमाडौ ३२ असार । नेटोले भारत, चीन र ब्राजिलमाथि शतप्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको छ।

नेटो महासचिव मार्क रुटले बुधबार भने, ‘यदि तपाईं चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री वा ब्राजिलका राष्ट्रपति हुनुहुन्छ भने तपाईंले रूससँग व्यापार जारी राख्नुको ठूलो मूल्य चुकाउनु पर्छ भनेर बुझ्नुपर्छ ।’

रुटले बुधबार अमेरिकी सिनेटरहरूसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै यी तीन देशहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब दिनुपर्ने बताए । यी तीन देशले दबाब दिए पुटिन शान्ति वार्तालाई गम्भीरतापूर्वक लिन तयार हुने रूटको अपेक्षा देखिन्थ्यो ।

रुटले यी देशहरूमा ‘द्वितीय प्रतिबन्ध’ लगाउने चेतावनी पनि दिएका छन्। उनले भने, ‘यदि यी देशहरूले रूसबाट तेल र ग्यास खरिद गर्न जारी राखे भने उनीहरूमाथि शतप्रतिशत सेकेन्डरी प्रतिबन्ध लगाइनेछ।’

यो भनेको एउटा देशले अर्को देश वा संस्थामाथि लगाएको प्राथमिक प्रतिबन्धको पालना गराउन तेस्रो पक्षमाथि लगाइने प्रतिबन्ध हो।

उदाहरणका लागि, अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको छ। यदि भारतको कुनै कम्पनीले इरानबाट तेल खरिद गर्छ भने अमेरिकाले भारतविरुद्ध पनि कुनै कदम चाल्न सक्छ ।

रूसले भन्यो स् हामी आफ्नो नीतिमा अडिग छौं

उता, रूसी उप(विदेश मन्त्री सर्गेई रियाबकोभले अमेरिका र नाटोको धम्कीलाई अस्वीकार गरेका छन्। उनले भने, ‘रूस ट्रम्पसँग वार्ताका लागि तयार छ, तर यस्तो अल्टिमेटम हामी स्वीकार गर्दैनौं।’

रियाबकोभले रूस आर्थिक दबाबका बाबजुद आफ्नो नीति परिवर्तन गर्न बाध्य नहुने र वैकल्पिक व्यापारिक मार्ग खोज्ने बताए ।

नेटो महासचिवको यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार उपलब्ध गराउने र रूसका व्यापारिक साझेदारहरूमा भारी कर लगाउने घोषणा गरेलगत्तै आएको हो ।

अमेरिका अब युक्रेनलाई प्याट्रिओट मिसाइलजस्ता आधुनिक हतियार दिने तयारीमा छ, जसले युक्रेनलाई रुसी आक्रमणबाट जोगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group