ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर ४ जनाको मृत्यु, ९ घाइते


abc news
१ श्रावण २०८२, बिहिबार   ११ : ०८   बजे

काठमाडौ १ साउन । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी ९एनसीपी० आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्‍यालीका क्रममा हिंसा भड्किएको छ।

हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो।

बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्‍यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक प्रहरीसँग भिडेका थिए।

प्रत्यक्षदर्शीका अनुसार, अवामी लीगका समर्थकहरूले लाठी, ढुंगा, इँटा प्रयोग गरेर प्रहरी, सेना र अर्धसैनिक बलमाथि आक्रमण गरेका थिए ।

प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए। साथै एनसीपीको जुलुसमाथि पनि आक्रमण भएपछि सुरक्षाबलहरूले जवाफमा गोली चलाए । भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो ।

हिंसामा मारिएका मध्ये तीनको पहिचान खुलेको र उनीहरू दीप्टो साहा ९२५ वर्ष०, रमजान काजी ९१८ वर्ष०, सोहेल मोल्ला ९४१ वर्ष० रहेका छन् ।

चिकित्सकका अनुसार उनीहरूलाई गम्भीर घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पताल ल्याइएको थियो ।

हिंसाको बाबजुद पनि एनसीपी ले गोपालगञ्जमा र्‍याली सम्पन्न गरेको छ। क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमकै बीच नेताहरूले सम्बोधन गरेका थिए।

एनसीपीका संस्थापक तथा संयोजक नाहिद इस्लामले र्‍यालीको अध्यक्षता गर्दै भने,’यदि सुरक्षा निकायले न्याय दिन सकेनन् भने हामी आफैंले न्याय लिन्छौं।’

एनसीपी नेता सरजिस आलमले फेसबुक पोस्टमा लेखेका छन्, ‘गोपालगञ्जमा हत्याको नेतृत्व गर्ने हसिनाका गुन्डाहरूले हामीमाथि हमला गरे। प्रहरी तमासे बनेर उभिएको थियो र पछि हट्यो।’

प्रधानमन्त्रीको कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि कर्फ्यु जारी गर्ने आदेश दिएको छ। गोपालगञ्जमा बंगलादेशको अर्धसैनिक बल बीजीपीका करिब २०० जना सैनिक तैनाथ गरिएका छन्।

एनसीपी बंगलादेशको हालै उदाएको नयाँ राजनीतिक दल हो, जुन २८ फेब्रुअरी २०२५ मा गठन भएको हो। यो बंगलादेशको इतिहासमा विद्यार्थी नेतृत्वको पहिलो राजनीतिक दल मानिन्छ । अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको समर्थन पनि यस पार्टीलाई प्राप्त छ ।

युनुसले एक्समा लेखेका छन्, ‘युवाहरूलाई उनीहरूको क्रान्तिकारी आन्दोलनको एक वर्ष मनाउन दिइएन, जुन उनीहरूको मौलिक अधिकारको लज्जास्पद उल्लंघन हो।’

उनले हिंसाको दोष शेख हसिनाको अवामी लीग र यसको विद्यार्थी संगठनलाई दिए । युनुसले भने, ‘अपराधीहरूको छिट्टै पहिचान हुनुपर्छ र तिनीहरूलाई पूर्णरूपमा जवाफदेही बनाइनुपर्छ।

यस्तो हिंसाका लागि बंगलादेशको कुनै पनि नागरिकमाथि कुनै ठाउँ छैन। यस्ता धम्कीका बाबजुद पनि र्‍याली जारी राख्ने विद्यार्थीहरूको साहसको हामी सम्मान गर्छौं।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu