ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी–स्याफ्रुबेसी सडकखण्ड शुक्रबार भित्र खुलाउने तयारी


abc news
१ श्रावण २०८२, बिहिबार   ११ : ३३   बजे

काठमाडौ १ साउन । भोटेकोशी नदीको बाढीले क्षति पुर्‍याएको रसुवागढी–स्याफ्रुबेसी सडकखण्डमा एकरदुई दिनभित्रै गाडी गुडाउन मिल्ने गरी मर्मतको काम भइरहेको छ ।

सडक विभागको गल्छी मैलुङ त्रिशूली स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाका प्रमुख सीडीई खड्गलाल श्रेष्ठले बाढीले सडक बगाएको ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको जानकारी दिए ।

‘स्याफ्रुबेसीदेखि साढे आठ किलोमिटर पर लिङलिङमा एउटा मेजर पहिरो छ । त्यहाँ रक कटिङको काम भइरहेको छ,’ श्रेष्ठले भने ।

रसुवागढी–स्याफ्रुबेसी खण्डमा यो सबैभन्दा अप्ठ्यारो ठाउँ ठानिएको छ । ‘हाइटमा पनि छ, मुनि खोला पनि छ । सिधै भर्टिकल डाँडा भएकाले अप्ठ्यारो छ,’ श्रेष्ठ भन्छन्, ‘त्यहाँ छिचोलियो भने लगभग ट्राफिक ओपन गर्न सकिने अवस्था हुन्छ ।’

त्यहाँ ट्र्याक खुलाउन ब्रेकर, बकेट लगायतका साना–ठूला चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको उनले जानकारी दिए । ‘मौसमले साथ दियो भने र अरु प्राविधिक जटिलता आएन भने शुक्रबार नै रसुवागढी–स्याफ्रुबेसी सडक खुल्नसक्छ,’ उनले भने ।

गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी बनेको थियो ।

सो बाढीमा परी ११ शव र मानवअंगहरु फेला परेका छन् भने १८ जना सम्पर्कविहीन छन् । बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । रसुवागढी सुक्खा बन्दरगाह, सो क्षेत्रमा पर्ने तीनवटा जलविद्युत आयोजना र भन्सार क्षेत्रबाट करिब एक सय गाडीहरु बगाएको थियो ।

सडक क्षति भएको अन्य स्थानमा मर्मतको काम सकिए पनि लिङलिङमा मात्र ट्र्याक खोल्न बाँकी रहेको सडक विभागका अधिकारीहरु बताउँछन् ।

लिङलिङमा १२० मिटर सडक भत्किएको छ । पहाडको सिधा भित्तातिर बगेको नदीलाई तर्काइएको छ भने भित्तो काटेर ट्र्याक खुलाउने काम भइरहेको छ ।

ट्र्याक खुलेपछि तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने अधिकारीहरुले बताएका छन् ।

नेपाल–चीन जोड्ने मितेरी पुल भने कहिले बन्ने भन्ने अन्योल छ । प्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित रसुवागढीको अवलोकन गरेर फर्किएपछि सरकारले चीनलाई पुल बनाउन अनुरोध गर्ने निर्णय गरेको थियो । चिनियाँ पक्षले त्यहाँ डोजर लगाइरहेको देखिएकाले पुल बनाउन सुरु गरेको अनुमान नेपाली अधिकारीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu