ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा तीन व्यक्तिको डीएनए प्रयोग गरेर जन्मिएका शिशु वंशाणुगत रोगमुक्त – अध्ययन


abc news
१ श्रावण २०८२, बिहिबार   १ : ४३   बजे

काठमाडौ १ साउन । बेलायतमा तीन जनाको डीएनए प्रयोग गरेर जन्मिएका आठ जना शिशुमा वंशाणुगत रोग फेला नपरेको वैज्ञानिकहरूले बताएका छन् । उनीहरूमा गम्भीर माइटोकोन्ड्रियाल रोग नदेखिएको वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

न्युक्यासल फर्टिलिटी सेन्टरमा गरिएको यो प्रविधिमा आमा र बाबुको अण्डा र शुक्राणुलाई तेस्रो महिलाको स्वस्थ अण्डासँग संयोजन गरिएको हो ।

माइटोकोन्ड्रियाल रोग आमाबाट बच्चामा सर्ने गर्छ जसले शरीरलाई ऊर्जा बनाउन नसक्ने बनाउँछ र गम्भीर अपाङ्गता वा शिशुको अकालमा ज्यानसम्म जान सक्छ ।

बेलायतमा यो प्रविधिले १० वर्षदेखि कानूनी मान्यता पाएको भए पनि अहिले मात्र प्रभावकारी परिणाम देखिएको हो । २२ परिवारले यो प्रविधि अपनाएकामा आठ शिशु ९चार छोरा, चार छोरी० जन्मिएका खबरमा उल्लेख छ ।

सबै बच्चाहरू रोगमुक्त रहेका छन् र उनीहरू सामान्य रूपमा वृद्धि हुँदै गइरहेका छन् । वैज्ञानिकहरूका अनुसार यो प्रविधिबाट हरेक वर्ष २० देखि ३० शिशु जन्मन सक्ने सम्भावना छ ।

अहिलेसम्मका केही साना स्वास्थ्य समस्या माइटोकोन्ड्रियाल सम्बन्धित नभएको वैज्ञानिकहरूले बताएका छन् । वैज्ञानिकहरूले अझै केही प्रश्नहरूको अध्ययन गरिरहेकाले दीर्घकालीन प्रभाव मूल्याङ्कन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu