ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यालेस्टाइनलाई देशको मान्यता दिने फ्रान्सका राष्ट्रपति म्याक्रोंको घोषणा


abc news
९ श्रावण २०८२, शुक्रबार   ११ : २८   बजे

काठमाडौ ९ साउन । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा गरेका छन्।

राष्ट्रपति म्याक्रोंले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट लेख्दै प्यालेस्टिनलाई आगामी सेप्टेम्बरमा देशको मान्यता दिने घोषणा गरेका हुन्।

उक्त घोषणा संयुक्त राष्ट्रसंघको महासभामा हुने पनि राष्ट्रपति म्याक्रोंले बताएका छन्।

मध्यपूर्वमा न्याय र शान्तिका लागि ऐतिहासिक प्रतिबद्धतास्वरूप फ्रान्स प्यालेस्टाइनलाई एक राष्ट्रका रूपमा मान्यता दिनेछ, म्याक्रोंले लेखेका छन्।

उनले गजाका नागरिकहरूको जीवन बचाउनु सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन्।

गजामा युद्ध अन्त्य र त्यहाँका नागरिकहरूको जीवन बचाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। शान्ति सम्भव छ। तत्काल युद्धविराम र सबै बन्धकहरूको रिहाइ तथा गजाका नागरिकहरूलाई पर्याप्त मानवीय सहायताको जरूरी छ, म्याक्रोंले भनेका छन्।

प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोंको निर्णयको स्वागत गरेको।

तर इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने फ्रान्सको सो कदमको आलोचना गरेका छन्।

ल्अभिि
ुयो आतंकवादलाई पुरस्कृत गरिएको जस्तो भयो,ु नेतन्याहूले भनेका छन्।

म्याक्रोंको उक्त घोषणालाई अमेरिकाले गैरजिम्मेवार भनेको छ।

विदेशमन्त्री मार्को रूबिओले यस्तो घोषणाले हमासको प्रोपोगान्डालाई बढावा दिने र अशान्ति बढाउने बताएका छन्। ु यो अक्टोबर ७ मा भएको हमलाका पीडितहरूमाथिको झापड हो। अमेरिका उक्त निर्णयको सख्त निन्दा गर्छ,ु उनले एक्समा लेखेका छन्।

म्याक्रोंले हमासलाई निशस्त्रीकरण गरी गजालाई सुरक्षित बनाएर त्यसको पुनर्निर्माण गर्न जरूरी रहेको पनि बताएका छन्।

म्याक्रोंको घोषणालाई साउदी अरबले ऐतिहासिक घोषणा भनेको छ।

स्पेनले भने म्याक्रोंको उक्त घोषणाको निन्दा गरेको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो स्यान्चेजले नेतान्याहूले जुन कुराको अन्त्य गर्न खोजेका छन् त्यसमा साथ दिनुपर्ने बताएका छन्।

म्याक्रोंले भने सेप्टेम्बरको महासभामा अरू देशहरूले पनि प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्। ‍

संयुक्त राष्ट्रसंघमा सदस्य रहेका १९३ देशमध्ये १४० भन्दा बढी देशले प्यालेस्टाइनलाई देशको मान्यता दिएका छन्। इसराइलको मुख्य सहयोगी अमेरिका र बेलायल लगायतका देशहरूले भने प्यालेस्टाइनलाई देशको मान्यता दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group