ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मस्कलाई कम्पनीमै राख्न २९ अर्ब अमेरिकी डलरबराबरको सेयर दिँदै टेस्ला


abc news
२० श्रावण २०८२, मंगलबार   ४ : ०९   बजे

काठमाडौ २० साउन । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले आफ्ना मालिक इलोन मस्कलाई २९ अर्ब अमेरिकी डलरबराबरको सेयर उपहार दिने भएको छ । मस्कलाई कम्पनीमा राखिराख्न यो परिमाणको सेयर टेस्लाले दिनलागेको हो ।

सन् २०१८ मा उनले पाउने तलब, भत्ता र सुविधाको एकमुष्ट प्याकेज अमेरिकी अदालतले रोकेको थियो । उक्त प्याकेज नै ५० अर्ब अमेरिकी डलरको थियो । अदालतले त्यसबेला यसलाई अन्य सेयरसदस्यका लागि न्यायसंगत नभएको बताएको थियो ।

यद्यपि त्यो निर्णयविरुद्ध मस्कले पुनरावेदन गर्दै आएका छन् । सन् २०२४ मा उनले डेलावेयर अदालतको निर्णयमा असन्तुृष्टि राख्दै आएका छन् । सोमबार टेस्लाले आफ्ना सेयर सदस्यहरुलाई २९ अर्ब डलरको प्याकेजले कम्पनीलाई टेस्लामै रहिरहन मद्दत गर्ने जनाएको छ । पछिल्लो समय कृत्रिम बौद्धिकताको ‘युद्ध’ चर्किरहँदा टेस्लाले यो निर्णय लिएको हो । यसले मस्कको विद्युतीय कार निर्माताको सञ्चालक समितिमा मत शक्ति समेत बढ्नेछ ।

टेस्लाले मस्कको नेतृत्वको उच्च प्रशंसा समेत गरेको बीबीसीले जनाएको छ । टेस्लाले यदि २०१८ को प्याकेजबारेको निर्णय अहिले सदर भए यो प्याकेज मस्कले फिर्ता गर्ने पनि उल्लेख गरेको छ । टेस्ला बोर्डले मस्कलाई ५६ अर्ब डलरबराबरको सम्झौता गर्ने समेत उल्लेख गरेको छ । यो साँच्चै भएमा अमेरिकी कर्पोरेट इतिहासमै ठूलो प्याकेज हुनेछ ।

खासगरी टेस्लाको बजार मूल्य, बिक्री र नाफालाई ध्यान दिएर प्याकेजबारे टेस्लाले निर्णय लिएको थियो । जसमा मस्क सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group