ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस र युक्रेनबीच वार्ताको राम्रो अवसर रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ


abc news
२२ श्रावण २०८२, बिहिबार   ३ : ३३   बजे

काठमाडौं २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच शिखर सम्मेलनको सम्भावना ‘राम्रो’ रहेको बताउनु भएको छ ।

ह्वाइट हाउसमा हिजो सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफले मस्कोमा पुटिनसँग गरेका कुराकानी सकारात्मक रहेको बताउनुभयो । उहाँले दुवै नेतासँग बैठकको ढोका खुला रहेको पनि बताउनुभयो ।

रुसी पक्षले वार्तालाई ‘रचनात्मक’ भने पनि विस्तृत विवरण नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । ट्रम्पले सामाजिक सञ्जालमार्फत युरोपेली नेताहरूसँग पनि छलफल गरिसकेको बताउनु भएको छ । सबैको साझा धारणा युद्ध अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि विटकफको भ्रमणबारे जानकारी भएको पुष्टि गर्नुभएको समाचारसंस्था एपीले जनाएको छ । युद्ध रोक्ने सम्भावनाबीच, रुसले युक्रेनका शहरहरूमा हवाई आक्रमण जारी राखेको छ ।

पछिल्लो हमलामा कीभमा ३२ जनाको ज्यान गएको छ । त्यसैबीच अमेरिका युक्रेनलाई थप २० करोड डलरको रक्षा सामग्री दिने तयारीमा छ ।

ट्रम्प–जेलेन्स्कीबीच ड्रोन र सुरक्षा सहकार्यबारे पछिल्लो संवाद भएको पनि खबरमा उल्लेख छ । तर विश्लेषकहरू शिखर वार्ताको चर्चा भए पनि तत्काल युद्ध अन्त्यका लागि ठोस सहमति नरहेको बताउछन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group