ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विगतका द्विपक्षीय सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई माओवादी केन्द्रको सुझाव


admin
२१ चैत्र २०७४, बुधबार   १२ : २०   बजे

काठमाडौं, २१ चैत । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको क्रममा विगतमा भएका द्धिपक्षीय सहमति कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ ।

माओवादी केन्द्र पार्टी संसदीय दलको बुधबार सिंहदरबारमा बसेको बैठकले भारत भ्रमणका क्रममा विगतमा भएका द्धिपक्षीय सहमति कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको हो ।

प्रधानमन्त्री ओली शुक्रबार ३ दिने भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका क्रममा विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिन सुझाव दिइएको पार्टीका नेता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे सांसदहरुलाई जानकारी गराउँदै यसलाई सदभाव भ्रमणको रुपमा लिनुपर्ने धारणा पनि राख्नुभएको थियो ।

बैठकमा एमालेसँग पार्टी एकतापछि टुंग्याउने गरी पार्टी संसदीय दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको छ । दुई पार्टीबीचको एकता भएपछि टुंगो लगाउने गरी पार्टी संसदीय दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको नेता शर्माले बताउनुभयो ।

बैठकमा अध्यक्ष दाहालले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर एमालेसँग पार्टी एकता गर्ने गरी निर्णय गरिएको जानकारी पनि गराउनु भएको थियो ।

बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका विषयमा देखिएका असहमति छिट्टै टुंगो लगाउने बताउनु भएको थियो । एमाले र माओवादी केन्द्रबीच चुनाव चिन्ह, जनयुद्धलाई मान्यता दिने कि नदिने तथा पार्टी संगठनबीचको एकता कुन अनुपातमा गर्ने विषयमा कार्य दल तहमा सहमति जुटन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

मधेसमा जापानीज इन्सेफ्लाइटिस बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

कृषि कर्जाको पहुँच विस्तार गर्नुपर्छ : मन्त्री चौधरी

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu