ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली सेनाले गाजा कब्जाका लागि सुरु गर्‍यो पहिलो चरणको काम


abc news
५ भदौ २०८२, बिहिबार   ८ : ४७   बजे

काठमाडौं, ५ भदौ । इजरायली सेनाले गाजा सिटी कब्जा गर्ने र त्यसलाई नियन्त्रणमा लिने योजनासहितको स्थलगत आक्रमणका लागि प्रारम्भिक कार्यहरू सुरु गरेको बताएको छ । सेनाले सहरको बाहिरी क्षेत्रमा नियन्त्रण कायम गरिसकेको छ ।सैनिकहरूले आक्रमणको तयारीका लागि जेइटाउन र जबालिया क्षेत्रहरूमा काम गरिरहेका सैन्य प्रवक्ताले बताएका छन् । रक्षा मन्त्री इजरायल काट्जले मंगलबार यस योजनालाई अनुमोदन गरेका थिए । यो हप्ताको अन्त्यमा सुरक्षा योजना मन्त्रिपरिषद्मा पेस गरिनेछ ।सेप्टेम्बरको सुरुमा यस अभियानका लागि करिब ६० हजार रिजर्भ सैनिकहरूलाई बोलाइएको छ, जसले नियमित सैनिकहरूलाई फुर्सद दिने बताइएको छ ।समाचार संस्था रोयटर्सका अनुसार, हमासले युद्धविराम सम्झौतामा अवरोध पुर्‍याए निर्दोष नागरिकहरूमाथि युद्ध जारी राखेको आरोप इजरायलमाथि लगाएको छ ।इजरायलको कब्जा योजनाको तयारी सुरु भएसँगै गाजा सिटीमा रहेका लाखौँ प्यालेस्टाइनीहरूलाई दक्षिणी गाजाका आश्रयस्थलहरूमा जानका लागि स्थानान्तरणको आदेश दिइने अपेक्षा गरिएको छ ।इजरायलका धेरै सहयोगीहरूले यो योजनाको निन्दा गरेका छन् । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले बुधबार यो कदमले दुवै जनताका लागि विपत्ति मात्र निम्त्याउने र सम्पूर्ण क्षेत्रलाई स्थायी युद्धको चक्रमा धकेल्ने जोखिम भएको चेतावनी दिएका छन् ।अन्तर्राष्ट्रिय रेड क्रस समितिले गाजाको २१ लाख जनसंख्याका लागि थप विस्थापन र युद्धले पहिल्यै भयावह अवस्थालाई झन् खराब बनाउने जोखिम रहेको बताएको छ ।

गत महिना हमाससँगको युद्धविराम र बन्धक रिहाइ सम्झौताबारेको अप्रत्यक्ष वार्ता भंग भएपछि इजरायल सरकारले सम्पूर्ण गाजा स्ट्रिप कब्जा गर्ने आफ्नो उद्देश्य घोषणा गरेको थियो ।
बुधबार टेलिभिजन ब्रिफिङमा बोल्दै इजरायल डिफेन्स फोर्सेसका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले २२ महिनाको युद्धपछि हमास थकित र तितरवितर भएको बताए ।

तर, डेफ्रिनले इजरायली सेनाले यो अभियान सुरु गर्न पर्खिरहेको छैन भन्दै भने, “हामीले प्रारम्भिक कार्यहरू सुरु गरिसकेका छौँ । अहिले नै सैनिकहरूले गाजा सिटीको बाहिरी क्षेत्रमा नियन्त्रण कायम गरेका छन् ।”

उनले जेइटाउन छिमेकमा दुई ब्रिगेडहरूले काम गरिरहेको जानकारी दिए । त्यहाँ हालैका दिनहरूमा उनीहरूले हतियारहरू भएको भूमिगत सुरुङ फेला पारेका थिए । तेस्रो ब्रिगेड जबालिया क्षेत्रमा कार्यरत रहेको पनि उनले प्रष्ट पारे ।

उनले नागरिकहरूमा क्षति कम गर्न गाजा सिटीको नागरिक जनसंख्यालाई उनीहरूको सुरक्षाका लागि स्थानान्तरणको चेतावनी दिइने बताए ।

गाजाको हमास संचालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बास्सलले मंगलबार एएफपी समाचार एजेन्सीलाई सहरको जेइटाउन र साब्रा छिमेकहरूमा अवस्था धेरै खतरनाक र असह्यीय रहेको बताएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group