ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिपुलेकसम्बन्धी चीन–भारत सहमतिबारे सत्तापक्ष र विपक्षीको एक स्वर– ‘यो अस्वीकार्य छ’


abc news
५ भदौ २०८२, बिहिबार   ३ : ४१   बजे

काठमाडौ ५ भदौ । भारत र चीनले लिम्पियाधुरा हुँदै व्यापार गर्ने सहमति गरेकोप्रति सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले भारत–चीन सम्झौताको विरोध गरेका हुन् । उनीहरूले नेपालको तर्फबाट कडा प्रतिवाद गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

बैठकमा विशेष समय लिएर बौल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारत र चीनबीच भएको भनिएको सहमति अस्वीकार्य रहेको बताउनुभयो । दुई देशबीच भएको नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ ।

बैठकमा बोल्दै नेकपा ९एमाले० मा प्रमुख सचेतक महेश बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता नेपालका अभिन्न अङ्गमाथि नेपालको स्वीकृतविना सीमा व्यापार गर्ने भारत र चीनबीचको सहमतिको आफूहरू विरोध गर्ने बताउनुभयो ।

यस्तै नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले नेपाललाई जानकारीसमेत नदिई सीमा व्यापार गर्न भएको सहमतिप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आपत्ति जनाउनुभयो ।

गएको डिसेम्बरमा भारत र चीनले नेपालको जानकारीविना नै लिपुलेक नाकाबाट कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतका लागि पुनः शुरू गर्ने समझदारी गरेका थिए । यस्तै अस्ति मङ्गलवार व्यापार सम्झौता गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको नेपाल सरकारको दाबीसमेत भारतले अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group