ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शर्तसहित हमाससँग वार्ता गर्न सकिने इजरायलको सङ्केत


abc news
६ भदौ २०८२, शुक्रबार   ११ : २९   बजे

काठमाडौ ६ भदौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको कब्जामा रहेका बाँकी सबै बन्धकलाई मुक्त गर्न तत्काल वार्ता शुरु गर्न निर्देशन दिनुभएको छ । नेतन्याहुले हिजो इजरायली सैनिकहरूलाई सम्बोधन गर्दै क्याबिनेटले गाजा सिटी नियन्त्रणमा लिन ठूलो आक्रमणको योजना पनि स्वीकृत गरिसकेको जानकारी दिनुभयो ।

कतार र इजिप्टको मध्यस्थतामा हमासले हालै ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गरे पनि नेतान्याहुले त्यसलाई अस्वीकार गर्दै इजरायल सबै बन्धक एकै पटक मुक्त भएपछि मात्रै सम्झौता सम्भव हुने बताउनुभएको बीबीसीले जनाएको छ ।

इजरायली अधिकारीका अनुसार वार्ताका लागि ठाउँ निश्चित भएपछि वार्ताकारहरू पठाइने तयारी भइरहेको छ । तर नेतन्याहुले युद्ध अन्त्यको लागि हमासको निशस्त्रीकरण, सीमामा इजरायली नियन्त्रण र गैर–हमास प्रशासन स्थापना हुनुपर्ने शर्त राख्नुभएको छ ।

यसैबीच गाजा सिटीका पूर्वी क्षेत्रमा हिजो पनि ठूलो बमबारी भएको छ । इजरायली सेना ९आईडीएफ० ले झन्डै १० लाख मानिसलाई दक्षिणतर्फ सार्नको लागि तयारी गर्न चेतावनी दिएको छ । तर गाजाको स्वास्थ्य मन्त्रालयले यस्तो कदमले स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने भन्दै अस्वीकार गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान शुरु गरेको हो । त्यस आक्रमणमा १२ को ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अहिलेसम्म ६२ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group