ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मन पत्रिकाको दाबी: कर लगाएपछि रिसाएका मोदीले ट्रम्पले चारपटक फोन गर्दा पनि उठाएनन्


abc news
११ भदौ २०८२, बुधबार   ७ : ४४   बजे

काठमाडौं, ११ भदौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ५० प्रतिशत भन्सार कर लगाएका छन्।भारतले रुसबाट कच्चा तेल किनेर युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको आरोपमा अमेरिकाले २५ प्रतिशत थपेर कर ५० प्रतिशत पुर्‍याएको हो। भारतले भने अमेरिकाको यो निर्णयप्रति कडा आपत्ति जनाएको छ।

जसले गर्दा दुई देशबीचको सम्बन्धमा पनि नराम्रो प्रभाव परिरहेको छ। भातरका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासामु कुनै पनि दबाबले नझुक्ने बताइरहेका छन्। यसैबीच जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङले भारतविरुद्ध कर लगाएपछि ट्रम्पले ४ पटक फोन गर्दा पनि मोदीले नउठाएको दाबी गरेको छ। उक्त पत्रिकाको रिपोर्टमा अमेरिकासँग रिसाएको भारतले चीन र रुससँगको सम्बन्ध सुधार गर्न थालेको दाबी गरिएको छ।

यसैगरी ट्रम्पले अमेरिकाको लागि कृषि बजार खोल्न माग गरेको तर मोदीले अस्वीकार गरेको दाबी पनि पत्रिकाले गरेको छ।
अनि अमेरिकाले चीनलाई अलग्याउन भारतले आफ्ना पक्षमा दृढतापूर्वक उभिनुपर्छ भन्ने चाहेको तर यसमा भारत सहमत नभएको दाबी पनि रिपोर्टमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group