ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रीय कार्यालयमा शिक्षक महसंघको धर्ना


abc news
१३ भदौ २०८२, शुक्रबार   ३ : ३१   बजे

काठमाडौ १३ भदौ । हिजो नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिएका शिक्षकहरूले आज माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। गएको बुधबार उनीहरूले कांग्रेस कार्यालयमा धर्ना दिएका थिए।

नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएको हो।

सरकारले संसद्‍मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघ असन्तुष्ट छ। विधेयक सच्याउन माग गर्दै महासंघले चरणवद्ध आन्दोलन गर्दै आएको छ।

महासंघकी सह(अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमतिको भावनाअनुसार विधेयक नआएपछि पुनः आन्दोलन गर्नुपरेको बताइन्।

प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयलाई बेवास्ता गरेको महासंघको आरोप छ।

यसैबीच शिक्षक महासंघले विधेयकको विरोधमा आज देशभरका ७५३ वटै स्थानीय तहमा पनि धर्ना दिएको छ। महासंघका स्थानीय कमिटीहरुले स्थानीय पालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टा धर्ना दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu