ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्ली–काठमाडौं चल्ने टुरिस्ट बसमा रक्तचन्दनको तस्करी


admin
२१ चैत्र २०७४, बुधबार   ५ : ३१   बजे

काठमाडौं, २१ चैत । नया दिल्ली–काठमाडौं चल्ने टुरिस्ट बसमा प्रतिबन्धित रक्तचन्दनको तस्करी हुने गरेको पाइएको छ ।

काठमाडौं प्रहरीले दुई दिनसम्म बसको खानतलासी गरेर अन्ततः फल्स बटनमा लुकाएर ल्याएको अवस्थामा रक्त चन्दनको तयारी सामान बरामद गरेको हो । काठमाडौं प्रहरी परिसरले बुधबार पत्रकार सम्मेलन गर्दै दिल्लीबाट आएको ना ४ ख ४५१६ नम्बरको बस कलंकीमा नियन्त्रणमा लिएर खान तलासी सुरु गरेको र बसमा रक्त चन्दन भेटिएको जनाएको हो ।

मंगलबार दिनभर चेक गर्दा कर छलि गरेर ल्याइएका कपडाबाहेक अरु भेटिएको थिएन । तर बुधबार बिहान विभिन्न पार्टपुर्जा खोलेर हेर्दा करिब १० केजी ७७५ ग्राम तौल बराबरको रक्त चन्दनका तयारी सामान लुकाएर ल्याइएको भेटिएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले बसका चालक काभ्रे घर भई हाल नैकाप बस्ने झिक्लेमान रुम्बा र सहचालक सुजन पुनलाई नियन्त्रणमा लिएपनि सवारी धनी र रक्तचन्दनका मालिकबारे केही खुल्न नसकेको पोखरेलले बताउनुभयो ।

प्रहरीले रक्तचन्दनका भाडा, रक्तचन्दनबाट मालामा प्रयोग गर्न बनाएका १ हजार ३०२ दाना गेडा बरामद गरेका छ । सोही बसबाट अबैधरुपमा ल्याइएका कपडा तथा बिजुलीका सामानहरु पनि प्रहरीले बरामद गरेको छ । बरामद रक्त चन्दनका सामान आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu