ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसीओको आवरमा सी चिनफिङको घोषणाः ‘ग्लोबल गर्भनेन्स इन्सियटिभ्स’


एबीसी न्यूज
१६ भदौ २०८२, सोमबार   ७ : ५२   बजे

काठमाडौं १६ भदौ। चीनका राष्ट्रपति सी चिनफिङले सोमबार तियानजिन शहरमा आयोजित शाङ्घाई सहयोग संगठन प्लस (एससीओ प्लस) को बैठकमा ‘ग्लोबल गभर्नेन्स इनिसियटिभ’ (जीजीआई) को प्रस्ताव राखेका छन् ।

चीनले सीको नेतृत्वमा यसअघि नै तीन वटा पहल ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ (जीडिआई) ‘ग्लोबल सेक्यूरिटी इनिसिएटिभ (जीएसआई) र ‘ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ’ (जीसीआई) अघि बढाइरहेको छ । एससीओ प्लसको बैठकमा सोमबार उनले अर्को नयाँ पहल ‘जीजीआई’ अघि बढाउने घोषणा गरेका हुन् ।

सोमबारको बैठकमा सम्बोधन गर्दै सीले जीजीआईको बारेमा भने,’म सबै देशहरूसँग मिलेर अझ न्यायपूर्ण र समान विश्व शासन प्रणाली निर्माण गर्न तथा मानवताका लागि साझा भविष्य भएको समुदायतर्फ अगाडि बढ्न इच्छुक छु ।’

ग्लोबल टाइम्सका अनुसार सीले जीजीआईका पाँच प्रमुख सिद्धान्तहरू हुने उल्लेख गरे । ती पाँच सिद्धान्तमा सार्वभौमिक समानतामा अडिग रहनुपर्ने, अन्तर्राष्ट्रिय कानुनी शासनको पालना गर्नुपर्ने ,बहुपक्षीयताको अभ्यास गर्नुपर्ने, जनमुखी दृष्टिकोणको वकालत गर्नुपर्ने र वास्तविक कामहरूमा केन्द्रित हुनुपर्ने भन्ने छ । ‘ग्लोबल गभर्नेन्स इनिसियटिभ’ सुरक्षा, विकास र सभ्यतासम्बन्धी उनका पुराना तीन इनिसिएटिभकै निरन्तरता हो ।

‘म सबै देशहरूसँग मिलेर अझ न्यायसंगत र समान विश्व शासन प्रणाली निर्माण गर्न चाहन्छु’ सीले भनेका छन् । उनले विकासशील देशहरूको आवाज र प्रतिनिधित्व बढाउने, बहुपक्षीयताको अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले पर्खालहरू बनाउने होइन भत्काउनुपर्छ । एकता खोज्नुपर्छ, टुक्र्याउने प्रयास होइन,’ उनले भने ।

सीले अमेरिकाको प्रभुत्वको घुमाउरो तरिकाले विरोध गरे । ‘केही थोरै देशका नियमहरू सबैमाथि थोपरिनु हुन्न,’ उनले भने,’हामी एकाधिकारवाद, शीतयुद्धकालीन सोच र धम्कीपूर्ण अभ्यासहरुको विरोध गर्छौं ।’

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान जस्ता प्रमुख नेताहरू सहभागी बैठकमा उनले एससीओ सदस्य राष्ट्रहरूलाई २ अर्ब युआन अनुदान दिने घोषणा गरे ।

साथै भविष्यका ३ वर्षभित्र एससीओ बैंकिङ कन्सोर्टियमलाई १० अर्ब युआन ऋण दिने बताए । उद्घाटन भाषणमा उनले भने,’हामीले हाम्रो विशाल बजारको क्षमताको उपयोग गर्दै, सदस्य राष्ट्रहरूबीचको आर्थिक परिपूरकताबाट फाइदा उठाउनु पर्छ, र व्यापार तथा लगानी प्रक्रियालाई सजिलो बनाउनुपर्छ।’

उनले हामीले समान र व्यवस्थित बहु(ध्रुवीय विश्व, समावेशी र लाभदायक आर्थिक विश्वव्यवस्था प्रवर्द्धन गर्नुपर्ने बताए । विश्व शासन प्रणालीलाई अझ न्यायपूर्ण र समान बनाउनुपर्ने उनको धारणा थियो ।

सीको नयाँ धारणामा पुटिनको समर्थन

सीको टिप्पणीको समर्थन गर्दै रूसी राष्ट्रपति पुटिनले एससीओले युरेशियामा सुरक्षा सम्बन्धी नयाँ प्रणालीको आधार तयार गर्दै गएको बताए । यो नयाँ प्रणालीले ‘पुरानो युरोप(केन्द्रित र युरो(एटलान्टिक मोडेललाई विस्थापित गर्नेछ । ‘यसले सबै देशहरूको चासोलाई ध्यानमा राख्नेछ, सन्तुलित हुनेछ, र केही देशहरूको आफ्नै सुरक्षाको नाममा अरूको सुरक्षा संकटमा पार्ने प्रयासलाई रोक्नेछ’ पुटिनले भने ।

चीनका तीन पहल

१.’ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ (जीडिआई) : यो चीनको वैश्विक विकास पहल हो । यसको उद्देश्य समावेशी र दिगो विकास प्रवर्द्धन गर्नु, गरिबी न्यूनीकरण, शिक्षा, हरित ऊर्जा, डिजिटल पहुँच, र नवप्रवर्तनमा जोड दिने छ । विकासशील देशहरूलाई प्राविधिक र वित्तीय सहयोग प्रदान गर्नु पनि यसको अर्को लक्ष्य हो ।

२. ‘ग्लोबल सेक्यूरिटी इनिसिएटिभ (जीएसआई): यसको मुख्य उद्देश्य साझा, समावेशी, सहयोगी र दिगो सुरक्षा अवधारणालाई अघि बढाउनु हो ।

त्यस्तै सबै राष्ट्रहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने पनि यसको उद्देश्य रहेको चीनले बताउने गरेको छ ।

संवाद र वार्तामार्फत द्वन्द्व समाधान गर्ने जोड, शीतयुद्धकालीन मानसिकताबाट उन्मुक्ति र सैन्य गठबन्धनहरूको विरोध यसको अर्को उद्देश्य हो । चीनको सुरक्षा सम्बन्धी पहल जीएसआईमा नेपालले सहयोग गरेको भन्ने चीनको वक्तव्यले अहिले नेपालमा तरंग आइरहेको छ ।

३. ‘ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ’ (जीसीआई) : यो सभ्यता केन्द्रित छ । यसको उद्देश्य संस्कृति र सभ्यताको विविधताको सम्मान गर्ने र सभ्यताहरूबीच संवाद र सहकार्य आदान प्रदान गर्ने उल्लेख छ ।

एक सभ्यता वा प्रणाली थोपर्ने कुराको विरोध गर्ने यसको लक्ष्य छ । यसले विश्व धारणा भन्दै पश्चिमाहरुले थोपर्ने विचारहरुको आलोचना गर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group