ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यका तीनै अंगका भवन प्रदर्शनकारीको नियन्त्रणमा


abc news
२४ भदौ २०८२, मंगलबार   ५ : ३८   बजे

काठमाडौ २४ भदौ । राज्य सञ्चालन गर्ने प्रायस् सबै निकाय जेनजी प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन्। त्यो पनि ४८ घण्टामै राज्यका मुख्य निकाय कब्जामा पुगेको छ।

मंगलबार प्रदर्शनकारीले काठमाडौँमा रहेको सिंहदरबार, नयाँ बानेश्वरमा रहेको संसद् भवन नियन्त्रणमा लिएर आगाजनी गरे। त्यो दुवै स्थान उनीहरूले पूर्णरुपमा कब्जामा छ।

राज्यका मुख्य निकाय मध्येको एक न्यायपालिका ९सर्वोच्च अदालत०मा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। क्षति पुर्‍याएका छन्।

सोमबार सुरु भएको प्रदर्शनमा २० जना युवाको निधन भएपछि मंगलबार बिहानैदेखि आक्रोशित देखिएका युवाले सुरुमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताका निजी निवासमा आगजनी र तोडफोड गरेका थिए।

त्यसक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा आरजु राणा देउवामाथि गम्भीर आक्रमण भएको। देउवाको अवस्था गम्भीर छ।

त्यसपछि प्रदर्शनकारी संसद् भवन प्रवेश गरे र आगजनी गरे। त्यहाँबाट उनीहरू सिंहदरबारतर्फ अघि बढेका थिए। सिंहदरबारमा उनीहरूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रवेश गरेर तोडफोड गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पनि प्रदर्शनकारीको आन्दोलन रोकिएको छैन। जबकि, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले संयमतमा अपनाउन सार्वजनिक रुपमा आग्रह गरिसकेका छन्। तर, उनीहरू रोकिएका छैनन्। नेतामाथि आक्रमण भइरहेका सूचना आउन थालेका छन्।

प्रदर्शनकारीहरूले मिडिया हाउसमा पनि आक्रमण गरेका छन्। यो समाचार तयार पर्दासम्म प्रदर्शनकारीले शीतल निवास पनि जलाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu