ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलनले माओवादी विघटन हुने अवस्थामा


एबीसी न्यूज
५ आश्विन २०८२, आइतबार   ४ : ५१   बजे

काठमाडौं ५ असोज । जेनजी आन्दोलनले खडा गरिदिएको चुनौतीका बारेमा छलफल गर्न बोलाइएको नेकपा माओवादी केन्द्रकाको आकस्मिक पदाधिकारी बठैकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै संरचना विघटन गर्नु पर्ने अवस्था आएको बताएका छन् । उनले वैठकमा आगामी फागुनमा तय भएको प्रतिनिधि सभाको चुनावअगाडि पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अघि गरेको बताइएको छ ।

देशको वर्तमान अवस्था, पछिल्ला राजनीतिक घटनाक्रमको विकास र माओवादी पार्टीले लिने कदमबारे झण्डै एक घण्टा बढी बोल्दै प्रचण्डले पार्टीका सबै समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेका छन् । एक पदाधिकारीका अनुसार आयोजक समितिको संयोजक मात्र बनाउने र अहिले भएका केन्द्रीय, स्थायी र पदाधिकारी सबै खारेज गर्ने, त्यसका लागि अबको एकहप्ताभित्र आकस्मिक केन्द्रीय समितिको बैठक गर्ने प्रचण्डको प्रस्ताव छ ।
जेनजीले भदौ २३ गते देशका केही जिल्लामा प्रदर्शन गरेका थिए। तर, सो शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बन्न पुगेपछि प्रहरीले गोली चलाएको थियो। जसमा परेर २१ जना युवाको ज्यान गयो। आक्रोशित युवाले भदौ २४ गते देशभर प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाडेको थिए। जेनजी आन्दोलनका क्रममा ७४ भन्दा बढी व्यक्तिको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

चुनाव नभए संसद व्युँतने समेत प्रचण्डले विश्लेषण गरेको बताइएको छ । ‘६ महिनामा चुनाव भएन भने स्वतः यो संसद् व्युतन्छ। त्यतिखेर संसदले नयाँ सरकार बनाउनुपर्छ, के गर्ने त्यही बेला रणनीति तय गरौँला,’ प्रचण्डले बैठकमा बताएको एक पदाधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group