ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली भारत प्रस्थान


admin

काठमाडौं २३ चैत्र । दोस्रो पटक प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो पटक भारत भ्रमण गएका छन् ।

तीन दिने भारत भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री ओली दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे लगतै प्रधानमन्त्री ओली सीधै राष्ट्रपति भवन पुग्नेछन् । राष्ट्रपति भवनमा केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसंगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपालमा लगानीबारे प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अन्तरक्रिया कार्यक्रमपछि प्रधामन्त्री ओली दिवाभोजमा सहभागी हुने बताइएको छ । भारतीय राजनीतिक दलका नेताहरुले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयल बताइएको छ । भेटमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भारतीय जनता पार्टीका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने कार्यक्र तय गरिएको छ ।

सोही दिन सा“झ बाह्रखम्बारोडस्थित नेपाली दुतावासमा नेपाली समुदायसग भेटवार्ता गर्ने र नेपाली दुतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा उनी सहभागी हुनेछन् ।

रात्रिभोजमा दिल्लीस्थित कूटनीतिक नियोग र राजनीति सम्बद्ध व्यक्तिहरु सहभागी हुने बताइएको छ । दुतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको बताएको छ । भ्रमणको दोस्रो दिन चैत २४ गते बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच केहीबेर वार्ता हुने बताएको छ । दुई प्रधामन्त्रीको बार्तापछि भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर दिने कार्यक्रम तय भएको छ । गार्ड अफ अनर कार्यक्रमलगतै भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा परराष्ट्रमन्त्री बैंकया नायडुसंग शिष्टाचार भेट हुने बताइएको छ । त्यसपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाने कार्यक्रम छ ।

राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा दीप प्रज्ज्वलन गरेपछि हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच वन टु वन वार्ता हुने बताइएको छ । वार्ता लगत्तै भ्रमण प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा संयुक्त छलफल हुनेछ ।

छलफलपछि दुई देशबीच हुने सम्झौतापत्र आदनप्रदानसम्बन्धी कार्यक्रम तय गरिएको छ । त्यस पछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिनेछ । पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । पत्रकार सम्मेलनपछि प्रधानमन्त्री ओली हैदरावाद हाउसमै दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । सा“झ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भ्रमणको तेस्रो दिन चैत २५ गते प्रधानमन्त्री ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने कार्यक्रम रहेको छ । कृषि विश्वविद्यालयको भ्रमण सकेपछि सोही दिन सा“झ दिल्लीबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com