ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित


abc tv
२५ मंसिर २०८२, बिहिबार   ८ : ५६   बजे

माझकुभिण्डे (सिन्धुली) । गोलन्जोर गाउँपालिकाले आयोजना गरेको पहिलो जुनार प्रवद्र्धन मेलाको अवसरमा किसान र कृषि विज्ञबीच अन्तरसंवाद भएको छ ।

किसानले भोग्दै आएका समस्याका सन्दर्भमा विज्ञले सुझाव दिने कार्यक्रम थियो । सो अवसरमा अधिकांश किसानले जुनारमा भन्दा बढी सुन्तलामा ग्रिनिङ रोगको संक्रमण व्याप्त रहेको गुनासो गरे ।

गोलन्जोरको तिनकन्याको तल्लो क्षेत्रमा ग्रिनिङका कारण धेरै सुन्तला जुनारका बोट मरेको र केही मर्न लागेको गुनासो गरे ।

अगुवा किसान गुणबहादुर ठकुरीले कुभिण्डेको तल्लो क्षेत्रमा ग्रिनिङको समस्या देखिएको बताए । त्यस्तै, लालबहादुर ठाडाले किसानको अथक मेहनतबाट पनि ग्रिनिङ समस्या हल हुन नसकेको र यसमा कसैबाट पनि पहल नभएको गुनासो गरे ।

किसानका गुनासा सुनिसकेपछि बरिष्ठ बाली रोग विज्ञ प्रा.डा. हिराकाजी मानन्धरले ग्रिनिङ लागेर संकटग्रस्त भएका बोट काट्न र फल दिइरहेका बोट नकाट्न सुझाव दिए । अहिलेसम्म ग्रिनिङको उपचार छैन । यो रोगले बगैचामा संक्रमण देखिएपछि खाद्यतत्व र सिचाईको मात्रा मिलाएर केही वर्ष आम्दानी लिन सकिने विज्ञको सुझाव छ ।

संक्रमित रुखबाट किराले रोग सार्ने भएकाले त्यसको नियन्त्रण गर्नु अनिवार्य रहेको अर्का सुन्तला जात फलफूल विज्ञ डा. देवराज अधिकारीको सुझाव छ ।

कतिपय नर्सरीमामा कलमी गर्ने बेलामै रोग संक्रमित बोटबाट साइन लिएर जोड्ने भएकाले स्वस्थ विरुवा छनौट गरी बिरुवा रोप्नुपर्ने राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क)का वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय व्यावसायिक बाली अनुसन्धान केन्द्रका प्रमुख डा. उमेशकुमार आचार्यको सुझाव छ ।

ग्रिनिङका कारण अहिले हजारौं बिरुवा नष्ट गर्नुपर्ने देखिएको छ । संक्रमित बोट राखिराख्ने हो भने अन्य स्वस्थ बोट समेत संक्रमित हुने भएकाले संक्रमित बोट हटाउन उचित व्यवस्थापन गर्न समेत विज्ञको सुझाव छ । स्थानीय वा प्रदेश सरकारले संक्रमित बोट हटाउन किसानलाई केही क्षतिपूर्ति दिएर प्रोत्साहित गर्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा उपस्थित किसानहरुले वर्षेनी जुनारको मूल्य बृद्धि हुनुपर्नेमा घट्दै गएको गुनासो गरे । कुभिण्डेकी डम्बरकुमारी ठकृरीले गतसाल ५५ रुपियाँ प्रतिकेजी बिक्री गरिएको जुनार यस वर्ष ५० रुपियाँमा पनि नबिकेको सुनाइन् । डा. आचार्यले भने बजारसम्म पुर्याउन नसक्दा किसानले उचित मूल्य नपाएको बताए । काठमाडौंमा जुनार २०० प्रतिकेजीसम्ममा किन्नुपरेको सुनाउँदै उनले किसानलाई उत्पादक मात्र नभई व्यापारी बन्न सुझाव दिए ।

कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले किसानका जुनार नबिकेमा कृषि विकास कार्यालयले समेत सहजीकरण गरिदिने सुनाए ।

कृषि विज्ञहरुले माझकुभिण्डेका बगैचाको समेत अवलोकन गरेका थिए । सोही क्रममा ग्रिनिङ रोग संक्रमित बगैचा पुग्दै गर्दा पालिका अध्यक्ष शंकरराज बरालले विज्ञहरुसित भने, ‘यो रोग कसरी हटाउने, किसानलाई कसरी राहत दिने विज्ञज्यूहरुले छिटो पत्ता लगाइदिनुपर्यो ।’

पालिकाले आयोजना गरेको किसान र कृषि विज्ञबीचको संवादले किसानका समस्या उजागर भएको छ । स्वस्थ बगैचा निर्माणका लागि संवादले टेवा पुगेको किसानहरुको भनाइ । अगुवा किसान लालबहादुर श्रेष्ठ विज्ञहरुसितको संवादले आफूहरुलाई सहयोग मिलेको बताउँछन् । प्राविधिकहरुको निरन्तर बगैचा भ्रमण भइरहनुपर्ने उनको भनाइ छ ।

किसान र कृषि विज्ञबीचको संवादमा किसानहरु मोहन ठकुरी, सुमन मगर, प्रेम ठकुरी लगायतले सुझाव र जिज्ञासा राखेका थिए भने संवाद पत्रकार डण्ड गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group