ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?


एबीसी न्यूज
१ पुस २०८२, मंगलबार   ३ : ५९   बजे

काठमाडौं १ पुस । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको उम्मेदवारी दर्ता सकिएसँगै पार्टीभित्रका वरिष्ठ नेताहरूको असन्तुष्टि र विद्रोहका छतातुल्ल भएको छ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले कुनै पदमा उम्मेदवारी नदिएर राजनीतिक ‘एक्जिट’को बाटो रोेजेर ओलीवफादारिताको पुरस्कार थापेका छन् । सधैंभर अविश्वासका बीच ओलीका निकटतम उभिएर ओलीको प्रतिरक्षा गर्दै आएका प्रदीप ज्ञवालीले ओलीले तोकिदिएको उपाध्यक्ष पद अस्वीकार गरेर घुर्की देखाएका छन् । अर्कोतिर ओली प्यानलबाट अपेक्षित पद नपाएका अग्नि खरेल, रघुजी पन्त, लालबाबु पण्डित, राजेन्द्र गौतम, भीम आचार्यलगायतले आफूले चाहेको पदमा उम्मेदवारी दिएर ओलीलाई चक्मा दिएका

काशीनाथ अधिकारीको ‘एक्जिट’
स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले कुनै पदमा उम्मेदवारी दर्ता गरेनन्। “मैले कुनै पदमा उम्मेदवारी दिइनँ, म एक्जिट भएँ,” उनले पत्रकारहरुसँग भने।
६६ वर्षीय अधिकारीलाई ओली पक्षले अनुशासन आयोग अध्यक्षको टिकट दिएको थियो। ७७ वर्षीय केशब बडालले स्वेच्छिक अवकाश लिएपछि यो पद अधिकारीलाई दिने योजनामा ओली थिए , तर उनले त्यसमा रुचि देखाएनन् । उनले पार्टी उपाध्यक्ष हुन चाहेका थिए । अधिकारीका निकट नेताका अनुसार आयोग अध्यक्ष पदलाई अपमान ठानेर उनले अवकाश रोजेका हुन्। “महेश बस्नेतजस्ता जुनियरले सचिव पाउँदा आफू आयोगमा जानुपर्ने भएपछि बिदा लिनुभयो,” एक नेताले भने।
ओली पक्षमा मात्र नभएर समग्र पार्टीभित्र नै अधिकारीको भूमिकामा प्रशंसा गरिएको थियो। प्रतिनिधि चयन विवाद सुल्झाउनेदेखि मनोनयनसम्मको वातावरण बनाउन उनको योगदान महत्वपूर्ण थियो। उनको अनुपस्थितिमा डा. भरतराज पहाडी निर्विरोध अनुशासन आयोग अध्यक्ष बनेका छन्।उनी ओलीपक्षधर पोखराका व्यवसायी र इन्जिनियरिंगका प्राध्यापक हुन् । जेनजी विद्रोहका क्रममा पहारीको पोखराको होटल जलेको छ ।
प्रदीप ज्ञवालीको घुर्कीको अर्थ
ओलीका निकटतम र रक्षाकवचका रूपमा चिनिएका प्रदीप ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गर्दै मौन घुर्की देखाएका छन् । महासचिव पदका आकांक्षी ज्ञवालीलाई ओलीले उपाध्यक्ष प्रस्ताव गरेका थिए। तर शंकर पोखरेललाई नै महासचिव दोहोर्‍याउने निर्णयपछि ज्ञवालीले ओली निवासमै गएर उम्मेदवारी नदिने जानकारी गराए पनि त्यसको ओलीमा कुनै असर परेन । सम्भवत ज्ञवालीको पनि राजनीतिक जीवनको अन्त्य हुनसक्छ ।
उनले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गरे। “महासचिव नहुने भए कुनै पदाधिकारीमा बस्दिनँ,” उनको अडान थियो। ज्ञवालीले ओलीसँग आधा दर्जन पटक महासचिवबारे छलफल गरेका थिए। ओलीले “काम गर्दै जाऔं” भने पनि अन्तिममा शंकरलाई नै अघि सारे।
ज्ञवालीको यो कदमले ओली समूहमा हलचल ल्याएको छ। सौम्य छवि, वैचारिक पकड र सार्वजनिक स्वीकार्यताका कारण उनी महासचिवका बलिया दाबेदार थिए। ओलीका दस्तावेज लेखनदेखि बचाउमा उभिने ज्ञवालीको असन्तुष्टिले महाधिवेशन परिणाममा कस्तो प्रभाव पार्नेछ हेर्न बाँकी छ । ज्ञवालीको यो घुर्की र गोकर्ण विष्टको पोखरेल पक्षबाट उपाध्यक्षमा परेको उमेद्वारीले यी दुई प्रभावशाली नेताको राजनीतिक करिअरको आजै फैसला हुने निश्चित छ ।

ओली प्यानलबाट बागी उम्मेदवारी
ओली प्यानलमा नाम नपरेका नेताहरूले उनी निकटस्थ मात्र होइन ओलीलाई बा भन्दै आएका नेताहरुले बागी र आफूले रोजेको पदमा उमेद्वारी दिएर अर्को चुनौति थपिदिएका छन् ।

अग्नि खरेल (सचिव) ओलीका महान्यायाधिवक्ता र कानुनमन्त्री।
रघुजी पन्त (उपाध्यक्ष) ओली मन्त्रिपरिषद्का शिक्षामन्त्री, “दुवै पक्षको आग्रहमा उम्मेदवारी”।
लालबाबु पण्डित (सचिव)। : विद्या भण्डारीको विपक्षमा मोरंगमा खरो रुपले उभिएका थिए ।
राजेन्द्र गौतम (उपमहासचिव): प्रचार विभाग प्रमुख, उनको पछिल्लो समय प्रायः बालकोटमा नै बास थियो । यद्यपि उनी धेरै लामोसमय इश्वर पोखेरल निकट रहेर पनि ओलीको कित्तामा उभिएका नेता हु्न ।
भीम आचार्य (उपाध्यक्ष) “चाकडी नगर्ने स्वभावले प्यानलमा परिनँ” भन्ने खुला प्रतिक्रिया दिएका छन् ।

यी लगायतका केन्द्रीय सदस्य र अन्य पदमा उठेका नेताले ओलीलाई लामो समय साथ दिएका थिए। गोकुल बाँस्कोटा र कृष्णगोपाल श्रेष्ठ पहिले नै पोखरेल पक्षबाट सचिवमा उमेद्वारी दिएका छन् ।

सुवास नेम्वांग पुत्र सुहांगले समेत ओली प्यानलमा केन्द्रीय सदस्य नपाएपछि छुट्टै उमेद्वारी दर्ता गराएका छन् ।
यी घटनाक्रमले ओली पक्ष झनै सिमीत घेरामा समेटिने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group