ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको नेतृत्व रुसी अन्तरिक्षयात्रीलाई हस्तान्तरण


एबीसी न्यूज
३० पुस २०८२, बुधबार   ६ : ५९   बजे

काठमाडौं, ३० पुस । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को कमान्ड अमेरिकाबाट रुसमा हस्तान्तरण भएको छ । अमेरिकी अन्तरिक्ष निकाय (नासा) का अन्तरिक्षयात्री माइक फिन्कले आईएसएसको नेतृत्व रुसी अन्तरिक्षयात्री सर्गेई कुड–स्वेर्च्कोफलाई हस्तान्तरण गर्नुभएको बीबीसीले जनाएको छ ।

क्रु–११ अभियानका प्रमुख फिन्कले एक विशेष समारोहमा स्वेर्च्कोफलाई अन्तरिक्ष स्टेशनको प्रतीकात्मक साँचो दिएर नेतृत्व हस्तान्तरण गर्नुभएको हो । यो साँचो कमान्डरको अधिकार र जिम्मेवारीको प्रतीक हो ।आईएसएसको नेतृत्व नियमित रूपमा अमेरिकी र रुसी अन्तरिक्षयात्रीबीच हस्तान्तरण हुने गर्दछ । क्रु–११ का चार सदस्य यो हप्ता पृथ्वी फर्कन लागेका छन् । यो टोलीमा दुई अमेरिकी, एक जापानी र एक रुसी अन्तरिक्षयात्री रहेका छन् ।नासाले स्वास्थ्यका कारण यो टोलीलाई निर्धारित समयभन्दा एक महिना अगाडि नै फिर्ता बोलाउन लागेको हो । नासाको ६५ वर्षभन्दा लामो इतिहासमा स्वास्थ्य समस्याका कारण पूरै अभियान समय अगाडि फिर्ता हुन लागेको यो पहिलो पटक हो ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीको कक्षामा रहेको सबैभन्दा ठूलो मानव निर्मित संरचना हो । सन् १९९८ मा निर्माण शुरू भएको केन्द्रमा सन् २००० देखि निरन्तर अन्तरिक्षयात्रीहरू बसिरहेका छन् ।

आईएसएसमा नासा, रुसको रोस्कोस्मोस, युरोपेली अन्तरिक्ष एजेन्सी, जापान र क्यानडाको साझा स्वामित्व र सञ्चालन छ । नासाका अनुसार विगत २५ वर्षमा २ सय ८० भन्दा बढी अन्तरिक्षयात्री आईएसएसमा बसिसकेका छन् । त्यहाँ नियमित रूपमा ६ देखि ७ जना अन्तरिक्षयात्री बस्ने गर्छन् ।

आईएसएसमा वैज्ञानिक अनुसन्धान, पृथ्वी अवलोकन, अन्तरिक्ष प्रविधिको परीक्षण र भविष्यका गहिरो अन्तरिक्ष अभियानका लागि तयारीजस्ता महत्त्वपूर्ण कामहरू हुन्छन्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

सम्बन्धित

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group