ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा


एबीसी न्यूज
२ माघ २०८२, शुक्रबार   २ : ३५   बजे


काठमान्डौ २ माघ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित कार्यालय स्थापना गरिएको हो।

दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मी जिल्लामा निर्वाचन क्षेत्र नम्बर–१ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा र निर्वाचन क्षेत्र नम्बर–२ का लागि शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

कार्यालय स्थापना कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

निर्वाचन कार्य सम्पादनका लागि जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेललाई मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ। त्यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ का लागि जिल्ला न्यायाधिवक्ता हरिहर पौडेललाई निर्वाचन अधिकृतको रूपमा खटाइएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लामा निर्वाचन लक्षित गतिविधिहरू तीव्र बनेका छन्। मतदाता नामावली अद्यावधिक, निर्वाचन आचारसंहिता कार्यान्वयन, सुरक्षा व्यवस्थापन तथा राजनीतिक दलहरूसँग समन्वयका कामहरू सुरु भइसकेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया क्रमशः अघि बढ्नेछन्।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ जना मतदाता रहेका छन्। तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा १ लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा १ लाख ७ हजार ३६३ जना मतदाता छन्। जिल्लाभर १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदान स्थल तोकिएका छन्।

निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए। निर्वाचन नजिकिँदै जाँदा गुल्मी जिल्लामा राजनीतिक गतिविधि थप चहलपहल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group