ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको पहिलो बैठक साढे ७ मिनेट बसेर सकियो


एबीसी न्यूज
४ माघ २०८२, आइतबार   ११ : ५६   बजे

काठमाडौं,४ माघ । आइतबारको राष्ट्रिय सभा बैठक साढे ७ मिनेट बसेर सकिएको छ ।चालू अधिवेशनको पहिलो दिन आज दुई वटा कार्यसूची पेस भए ।

पहिलो अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । दोस्रो राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची ।दुवै कार्यसूची अनुसार बैठक चल्यो र साढे ७ मिनेटमै बैठक सकियो ।बहालवाला सांसद्को निधनमा शोक प्रस्ताव पारित गरेपछि बाँकी कार्यसूचीमा अगाडि नबढ्ने अभ्यास छ । यसकारण अन्य कार्यसूचीमा बैठक प्रवेश गरेन ।

यसकारण साढे ७ मिनेटमै बैठक सकिएको हो ।राष्ट्रिय सभाको अर्को बैठक यही माघ ९ गते बस्ने गरी आजको बैठक सभाध्यक्ष नारायण दाहालले स्थगित गरेका छन् ।आगामी बैठकमा राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

त्यसदिन अध्यादेश पेश गर्ने कार्यसूची छ । यसबीचमा सरकारले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्याधेश र प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ ल्याएको छ ।विकास, आर्थिक मामिला तथा सुशासन समितिको राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ सभामा पेस गर्ने र पर्यटन विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group